ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वर्ष मुनिका १६ हजार बालबालिका प्रभावित


एबीसी न्यूज
८ मंसिर २०८०, शुक्रबार   २ : ०९   बजे

ुकाठमाडौं, ८ मंसिर ।  महिला कानुन र विकास मञ्च एफडब्लूएलडी र राष्ट्रिय महिला आयोगले संयुक्तरूपमा जाजरकोट भूकम्पपीडित सुत्केरी महिला र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यमा ध्यान दिन गृह मन्त्रालयको ध्यानाकर्षण गरेका छन् ।

विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरूले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको एफडब्लूएलडी सचिवालयको तर्फबाट नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जाजरकोट भूकम्पले पाँच वर्ष मुनिका १६ हजार १२७ बालबालिका र चार हजार ६७ गर्भवती तथा सुत्केरी प्रभावित भएको जनाइएको छ ।

भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा पाँच वर्ष मुनिका १० हजार ५६० बालबालिका प्रभावित छन् ।

यस्तै, एक हजार ३६० गर्भवती र ९०० सुत्केरी भूकम्पबाट प्रभावित रहेका छन् । विज्ञप्तिमा रुकुम पश्चिममा पाँच वर्ष मुनिका बालबालिका पाँच हजार ५६७ जना प्रभावित भएको उल्लेख छ ।

यस्तै, एक हजार ६८ गर्भवती र ७३९ सुत्केरी भूकम्पबाट प्रभावित रहेको जारी विज्ञप्तिमा जनाइएको छ । ती जिल्लामा तीन हजार ७८१ जना ज्येष्ठ नागरिक, ५९६ दीर्घरोगी र ५१६ जना अपांगता भएका व्यक्ति भूकम्पबाट प्रभावित छन् ।

एफडब्लूएलडी, सेन्टर फर रिप्रोडक्टिभ राइट, आइपास, मेरी स्टोपस, कृपा, पीएसआई, सञ्चारिका, योसान, भिजिबल इम्पिक्ट, साथी लगायतका १४ वटा गैरसरकारी संस्थाले ध्यानाकर्षणमा ऐक्यबद्धता जनाएक

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group