ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री हेरफेरको मूडमा प्रधानमन्त्री, देउवा रणनीति– दाहाललाई नबिच्काउने


एबीसी न्यूज
१२ मंसिर २०८०, मंगलबार   १ : ५७   बजे

काठमाडौं, १२ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीहरु हेरफेरको तयारीमा जुटेका छन् । दाहालका अति निकट एक नेताका अनुसार, यो महिनाभित्रै मन्त्री हेरफेरको तयारीमा दाहाल पुगेका छन् ।

“तयारी केही पहिला पनि हो, त्यसबेला दसैं, तिहार भनियो,” ती नेताले भने, “बीचमा जाजरकोटमा गएको भूकम्प अर्को कारण बन्यो । त्यसले नै लम्बिएको हो । अब सरकारको एक वर्ष पनि पूरा हुन लागेको छ । त्यस अवसरमा मन्त्रीहरुको व्यापक हेरफेरको तयारी छ ।”

सत्तारुढ कांग्रेसले गृहमन्त्री र माओवादीले अर्थमन्त्रीको आलोचना गर्दै आएका छन् । दुवै पार्टीका नेताहरूले ती दुवै मन्त्री हेरफेरको प्रस्ताव गरेका थिए । माओवादीभन्दा पनि कांग्रेसबाट बढी दबाब आएको दाहाल निकट ती नेताको भनाइ छ ।

“गृहमन्त्रीले साह्रै दुःख दिए फेरिहालौँ भन्ने कांग्रेसका साथीहरुको आग्रह छ,” उनले भने, “तर फेरिहाल्ने अवस्था थिएन । नक्कली भुटानी शरणार्थी प्रकरण, सुन काण्डलगायतका काण्डले गृहमन्त्री हटाएको सन्देश जाने अवस्था थियो ।”

प्रधानमन्त्रीले भने कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि राम्रो ‘पर्फर्मेन्स’ दिन नसकेको भन्दै सबै फेर्ने तयारी गरेका छन् । माओवादीका केही नेताहरुले प्रधानमन्त्री दाहाललाई आफ्नो सचिवालयमा पनि हेरफेरको आवश्यकता रहेको भन्दै ध्यानाकर्षण गराएको स्रोत बताउँछ ।

उनका अनुसार, अबको फेरबदल ‘व्यापक’ हुन सक्नेछ । ‘‘मन्त्रिपरिषद् र प्रधानमन्त्रीको सचिवालयको टिममा फेरहेर गर्दा नयाँ सन्देश दिन सकिन्छ कि भन्ने सोच पनि प्रधानमन्त्रीले बनाउनुभएको छ’’ ती नेताले भने, ‘‘हाल देखिएका असन्तुष्टिलाई सम्बोधन गर्ने गरी सरकार सञ्चालनको योजनामा हुनुहुन्छ ।’’

अहिलेको आर्थिक संकट समाधान गर्न सरकारले केही गर्न नसकेको आलोचना भइरहेको भन्दै त्यसको दोष माओवादीले लिनुपर्ने अवस्था आए पनि अर्थ मन्त्रालय कांग्रेसले सम्हालेको हुँदा तालमेल नमिलेको प्रधानमन्त्रीको गुनासो रहने गरेको छ ।

“आर्थिक क्षेत्रमा काम पुगेन, काम गराईको चाँजोपाँजो मिलेन भनेर प्रधानमन्त्रीले नै निजी क्षेत्रका व्यक्तिहरुसँग छलफल थाल्नुभयो,” उनले भने, “यसपल्टको बजेट पनि विगतका भन्दा फरक तरिकाले निर्माण गर्नुपर्छ भनेर प्रधानमन्त्री लागिसक्नुभएको छ ।”

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले दिएको जानकारीअनुसार अब सरकारको सिंगो काम र मन्त्रीहरुको कामको समीक्षा गरेर निर्णय गर्नुपर्ने बेला आएको छ । कार्यकारिणी प्रधानमन्त्री, मन्त्री सेरेमोनियल भूमिकामा जस्तै रहेको बताउँदै प्रधानमन्त्रीले यसमा पनि केही सुधार गर्न सकिन्छ कि भनेर छलफल थालेका छन् ।

“केही काम गरौँ भन्यो, अख्तियारको २२ बुँदे देखाउँछन्, अर्कोतिर अदालतले अघि बढ्नै दिँदैन,” प्रधानमन्त्री निकटले भने, “मन्त्रीहरुको अवस्था पनि त्यस्तै छ । विभागका महानिर्देशकले नै मन्त्री हल्लाइदिने हाम्रो सिस्टम छ ।”

दाहालले सरकार सञ्चालन निम्ति सहयोग गर्न पनि बृहत् खालको टिम बनाउने तयारी गरेका छन् ।

“शीर्ष नेतामात्रै सहभागी भएको टिमले गरेका निर्णय पार्टीभित्रै कार्यान्वयनको तहमा समस्या देखियो,” दाहाल निकट स्रोतले भन्यो, “कांग्रेसबाट गगन थापा, विश्वप्रकाश शर्मा, माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, नेकपा एसबाट राजेन्द्र पाण्डे, घनश्याम भुसाललगायत समेटेर जानुपर्छ भन्ने देखिएको छ ।”

देउवाबाट सरकारका काममा कुनै हस्तक्षेप नभएको भए पनि उनको ध्यान ‘सहज सत्ता हस्तान्तरण’मा केन्द्रित रहेको छ ।

“देउवाले पहिला गृहमन्त्री हटाउने प्रस्ताव गर्नुभएको थियो,” उनले भने, “तर प्रधानमन्त्रीले सबै मन्त्रीको समीक्षा गरेर निर्णय गरौँ भन्नुभयो देउवाले मान्नुभयो । उहाँ आफ्ना कुरा भन्ने, प्रधानमन्त्रीको निर्णय मान्ने अवस्थामा हुनुहुन्छ । प्रधानमन्त्रीले गरेको निर्णय आफूलाई मान्य हुने धारणा उहाँको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group