ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा भन्छन्– राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   ४ : ११   बजे

काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए ।

“मैले पहिलो बैठकमा समिति बैठकको नियमितता खोज्न समसामयिक विषयमा महिनाको एउटा बार छुट्याउँ भनेको थिएँ,” गगनले भने, “तर त्यसो हुन सकेन । अब त्यसै गरौँ । विधेयक बढेर आउँदा लगातार एक हप्ता विधेयकमा काम गरौँ । अनि मात्रै विधेयकको काम समयमा सम्पन्न हुन्छ ।”

सेना प्रमुख हुने बेलामा उमेरलाई लिएर पटक–पटक प्रश्न उठ्ने गरेको भन्दै गगनले यस विषयमा उपसमिति बनाएर सधैँका लागि यो समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड दिए ।

“एनसेल प्रकरणमा म दाबी गर्छु यो रातारात भएको हैन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ र भरथेग नभइ यो भएको छैन,” उनले भने, “यो सार्वजनिक भएपछि लेखा र अर्थ समितिमा छलफल भएको छ । यो हाम्रो समितिमा पनि पर्छ भन्ने आधार छ । सरकारले नै मन्त्रालय हैन समिति बनाएर हेर्छु भनेपछि त्यसमा मूल्यांकन र हेर्ने काम हाम्रो समितिमा आयो ।”

जतिसुकै प्रभावशाली भएर कसैले ढाकछोप गर्न खोजे पनि त्यसमा समितिले निष्पक्ष काम गर्नुपर्नेमा उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपीडितको उद्धार र राहतका लागि निर्माण व्यवसायी महासंघद्वारा सवारीसाधन उपलब्ध गराउन अपिल

विपद् प्रभावित क्षेत्रमा अनुमति बिना ड्रोन नउडाउन सरकारको आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu