ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष प्रभु साहद्वारा जनकपुरमा निर्माणाधीन आयोजनाहरुको स्थलगत अनुगमन


एबीसी न्यूज
२५ मंसिर २०८०, सोमबार   ३ : ३७   बजे

काठमाडौं, २५ मंसिर । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेश प्रदेशको राजधानी जनकपुरमा निर्माणाधीन पूर्वधारका योजनाहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

अध्यक्ष साहले सहरी मन्त्रालयबाट निर्माण भईरहेको जनकपुर बसपार्क, दुधमति कोरिडोर, सरस्वती माध्यमिक विद्यालयको भवन लगायतका आयोजनाहरुको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा आयोजनाहरुको प्रगति समग्रमा सन्तोषजनक रहेको बताएका अध्यक्ष साहले बताए । साह पूर्व सहरी विकास मन्त्री हुन् । उनले आफूले सुरु गराएको एकीकृत शहरी आयोजना अन्तर्गत झण्डै ४० किलो मिटर सडक कालोपत्रे, ८० किलो मिटर नाला, विभिन्न पोखरी सौन्दर्यकरण, मठ मन्दिर लगायतका पूर्वाधारको कामहरु सम्पन्न भएको हेर्दा सुःखद अनुभूति भएको बताए ।

आयोजनाहरुको समग्र भागको ठेक्का एकैपटक नहुँदा निर्माणाधीन आयोजनाहरुको भविष्य अन्यौल देखिएको उनको ठहर छ । जनकपुर बसपार्क समग्र ठेक्का ७० करोडको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको, दुधमति कोरिडोरको समग्र ठेक्का १ अर्बको हुनुपर्नेमा हाल जम्मा २० करोडको मात्र ठेक्का भएको उनको भनाई छ ।निर्माणाधीन आयोजनाहरुको भुक्तानी समयमा नहुँदा निर्माण कार्यमा केही अन्यौलता समेत देखिएको उनको ठहर छ । यसतर्फ सरकारको गम्भीर ध्यान जान जरुरी रहेको उनले बताए ।

अनुगमन तथा निरीक्षण कार्यमा मधेश प्रदेशको सभामुख रामचन्द्र मण्डल, नेकपा ९माओवादी केन्द्र० का नेता भरत साह, सहरी डिभिजन प्रमुख प्रदीप खनाल, आजपाका प्रवक्ता चन्द्रभुषण ९सिबी० साहलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group