ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली संघीय समाज युएईको अध्यक्षमा लोप्चन


admin
२९ माघ २०७४, सोमबार   ५ : ४८   बजे

युएई । संघीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संघीय समाज युएईको पाँचौं महाधिवेशनबाट बाबुराम लोप्चान तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

लोप्चन हालका उपाध्यक्ष थिए । लोप्चनको नेतृत्वमा २०१८–२० का लागि कार्यसमिति चयन भएको हो । ‘हामी सबैको नैसर्गिक अधिकार, हरेक निर्वाचनमा प्रवासी नेपालीहरुको मताधिकार’ भन्ने नारा सहित महाधिवेसन सम्पन्न भएको छ ।

महाधिवेसनले केन्द्रीय प्रतिनिधिमा प्रमोद श्रेष्ठ चयन गरेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा तेज राई, उपाध्यक्षमा अन्चल राई, उपाध्यक्ष (खस(आर्य) नवराज घिमिरे, उपाध्यक्ष (महिला) भवगती चाम्लिङ राई चयन भएका छन् । उपाध्यक्ष (तराई–मधेस) पछि मनोनित गर्ने गरी टुंगो लागेको छ ।

महासचिवमा शुशिला पुलामीमगर, सचिवमा दिल कुमार तामाङ, कोषाध्यक्षमा लक्ष्मी डंगोल, सह–कोषाध्यक्षमा नरेन्द्र लिम्बू, प्रवक्तामा चुमान सिंह दर्लामीमगर चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा शोभा शर्मा, यमलाल तामाङ, उर्मिला गुरुङ, कुनाल लोप्चन, रेशम लामा, शुष्मा श्रीवास्तव, विरेन्द्र राई, राम बहादुर थापामगर चयन भएका छन् ।

महाधिवेशन समाजका निवर्तमान अध्यक्ष हरि घर्तीमगरको सभापतित्वमा र पार्टीका केन्द्रीय परिषद सदस्य तथा युएई इन्चार्ज डेर राज गुरुङको प्रमुख आथित्यमा गत ९ फेब्रुवरी २०१८ को दिन बरदुबई स्थित एभरेष्ट इन्टर्नेशनल होटलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजका भूपू अध्यक्षहरु प्रमोद श्रेष्ठ, पासांङ रिन्जी शेर्पा, प्रमुख सल्लाकार कटक राई तथा सल्लाहकार मोहन तामाङले विशेष अथितीको रुपमा बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । समाजका विभिन्न जनवर्गीय संगठनका प्रमुखहरु पनि अथितिको रुपमा उपस्थित थिए ।

प्रमुख अथितिको रुपमा बधाई तथा शुभकामना दिँदै केन्द्रीय पार्षद गुरुङले देशमा स्थायी शान्ति र स्थायित्व कायम भए मात्रै विकास र सम्वृद्धिको कल्पना गर्न सकिने र स्थायी शान्ति र स्थायित्व कायम गर्न सबैखाले जनताहरुको पहिचान, पहुँच र प्रतिनिधित्वको विषय सम्वोधन गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मतीका मुख्यमन्त्री थापामगरले आज विश्वासको मत लिँदै

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु

सम्बन्धित

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

छिटो न्याय दिए मात्रै जनताको भरोसा बढ्छ : प्रधानन्यायाधीश शर्मा

जनताको आशा र भरोसा बढाउन छिटो न्याय दिनुपर्छ: प्रधानन्यायाधीश शर्मा

पुराना बजारको अस्तित्व संकटमा, सडक र बसाइँसराइले फेरिँदैछ गण्डकीको भूगोल

परिवारसहित अस्ताम पुगे प्रधानमन्त्री बालेन, स्थानीय भेट्न खोजे तर सुरक्षाकर्मीले रोके

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu