ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भन्दै १ करोड ठगी !


ABC NEWS
२६ मंसिर २०८०, मंगलबार   ९ : १०   बजे

काठमाडौँ २६ मंसिर । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड ठगी गरेका छन् । ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २६ वर्षीय रितु राई र बर्दिया घर भएका २१ वर्षीय निरेश चौधरी छन् ।

भन्सार कार्यालयको गोदाममा राखिएको भेप चोरिमा संलग्न आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का अहिले थुनामा छन् । केन्द्रीय कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका खड्कालाई छुटाउँछौँ भनेर आरोपीहरुले उनका बुवा अमर बहादुर खड्कासँग ९९ लाख ७५ हजार रकम लिएका हुन् ।

आरोपीहरुविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता ९एसपी० नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरुले अमर बहादुर खड्कासँग पटक–पटक गरेर सो रकम लिएका हुन् ।

रेवन्त खड्का सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ का स्थानीय हुन् । २०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरिएको थियो । भन्सारको गोदाममा राखिएको भेपसहितको लगेज चोरीमा नायव सुब्बा रेवन्त खड्का संलग्न रहेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरीले खड्कासहित सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेव राव मर्गले, अमृत कार्कीलाई र कास्की घर भएका निर्मल विकलाई पक्रेर अनुसन्धान गरेको थियो । उनीहरुविरुद्ध सुन चोरी तथा आपराधिक विश्वासघात विरुद्धको कसुर मुद्दा अदालतमा विचाराधीन छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गोदामबाट बाहिरिएको सुन महाराष्ट्रका व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेले खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । नन्दुकुमारले न्यूरोडस्थित वटुमा सुन जाँच्ने अफिस ‘टन्च हाउस’ सञ्चालन गरेका छन् ।

विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का र सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेतले भन्सारको गोदामबाट चोरेर सो सुन नन्दुकुमारलाई बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । स्टोरको साँचो रेवन्त खड्कासँग थियो । दिनेश बस्नेत भन्सार ‘एजेन्ट’ हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअपेक्षा पूरा गर्न सरकार असफल : पद्मा अर्याल

प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच कार्यसम्पादन सम्झौता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu