ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से सूचक २ हजार अंकमा उक्लियो


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   ३ : ०६   बजे

काठमाडौं, २७ मंसिर । लामो समयको अन्तराल पछि नेप्से सूचक २ हजार अंकमा उक्लिएको छ । खासगरी मौद्रिक नीतिको प्रभाव ४र१२ को सेयर धितो कर्जाको व्यवस्थासँगै १५० प्रतिशतसम्मको जोखिम भारको व्यवस्थाले खस्किएको बजार पुनः मौद्रिक नीतिको समीक्षाले नै पुनर्जागृत हुन पुगेको हो ।

केन्द्रीय बैंकले गत शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको यसअघिको जोखिम भारको व्यवस्थामा केही परिमार्जन गर्दै ५० लाख रुपैयाँ माथिको कर्जामा १२५ प्रतिशत मात्र जोखिम भार राखे पुग्ने व्यवस्था गरिदिएको छ । योसँगै उत्साहित भएको बजारले चौथो दिनमा नै १५० अंकमाथिको वृद्धि गर्दै २ हजार अंक माथिको विन्दु चुमेको हो ।

मौद्रिक नीति लगत्तै आइतबार खुलेको बजारमा १११ अंकको उच्च वृद्धि भएकोमा दोस्रो दिन १५ अंकको करेक्सन भएको थियो । त्यसयता मङ्गलवार पुनः ३६ अंकमाथिले बढेको नेप्से सूचक बुधवार ९समाचार तयार पार्दासम्म० थप २४ अंकले बढ्दै २००९ अंकमा उक्लिएको छ ।

यस्तै यता कारोबार समेत १ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ माथि भइसकेको नेपाल स्टक एक्सचेन्ज नेप्से० ले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu