ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूर्यदर्शन सहकारीका जीबी राईसहित चार जना पक्राउ गर्न प्रहरीले गुहार्दै इन्टरपोल


एबीसी न्यूज
११ पुस २०८०, बुधबार   २ : २१   बजे

काठमाडौं, ११ पौष ।  सम्पर्क विहीन ग्यालेक्सी टेलिभिजनका सञ्चालक एवं पोखरा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गितेन्द्र राई ‘जीबी’ सहित चार जनालाई पक्राउ गर्न प्रहरीले इन्टरपोल गुहार्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले इन्टरपोलमार्फत पक्राउ गर्न आवस्यक प्रक्रिया अघि बढाएको हो । कास्की प्रहरीले जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको लामो समयसम्म पनि पक्राउ गर्न नसके पछि पक्राउ गर्न इन्टरपोलको सहयोग माग्न लागेको हो ।

त्यसको लागि कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखालाई पत्राचार गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । अब इन्टरपोल शाखाले इन्टरपोलको हेडक्वाटरलाई पत्राचार गर्ने छ ।

उनीहरू नेपाल छोडेर विदेश भागेको आशंका भएपछि इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पहिलो चरणमा अध्यक्ष जीबी राईसहित पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढा मगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध इन्टरपोलमार्फत् ‘डिफ्युजन नोटिस’ जारी गर्न लागिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu