ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले भने– समितिमा चलखेल हुन थाल्यो, नकचराहरूको देश छ


एबीसी न्यूज
१२ पुस २०८०, बिहिबार   १२ : ५१   बजे

काठमाडौं १२ पौष । सांसदहरूले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिद–बिक्रीबारे विभिन्न प्रश्न गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उपस्थित सरोकारवाला निकायका अधिकारीलाई उनीहरूले प्रश्न गरेका हुन् ।

सांसदहरूले सो विषयमा आफ्ना धारणा र विगतका अनुभव एवं कार्यका विषयमा पनि जानकारी गराए । विभिन्न विषयमा बनाइने छानबिन समितिप्रति नै कतिपय सांसदले प्रश्न गरेका छन् । समितिमा चलखेल हुन थालेको सांसदको आरोप छ ।

सांसद श्रेष्ठको प्रश्न– प्रधानमन्त्रीसँग बयान लिने समितिको ल्याकत छ ?
एउटै विषयमा धेरै संसदीय समितिमा छलफल र कारबाही अघि बढाइएको विषयमा समेत सांसदहरूले असन्तुष्टि जनाए ।

बैठकमा सञ्चारसचिव कृष्णबहादुर राउत, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार ९कानुन० टोपबहादुर विष्टलगायत अधिकारी उपस्थित थिए ।

विद्या भट्टराई
समितिले काम गर्दै छ भनेर पन्छिन सरकारलाई सजिलो भएको छ । नियामक हुँदै किन समिति आवश्यक पर्‍यो । यो ठूलो विषय हुँदा अन्य समितिको पनि ध्यानाकर्षण भएको होला । जे कुरा भयो ऐनले बिगार्‍यो भन्छौँ, त्यही छिद्र समातेर काम गर्छौँ सुरुमा । यस्तो कैलेसम्म रु

प्रभु हजारा
समितिमा पनि चलखेल हुन थाल्यो । श्रीमान्–श्रीमतीको नाममा सेयर छ, अडिट रिपोर्टहरूमा पनि ऋण लिएको देखिएको छ । संसदीय छानबिनबिना अर्थ छैन । अरूअरू थुप्रै विषय आउँछ, हराएर जान्छ । सुनकण्ड, लालितनिवास छ । संसदीय समिति बनाउन आवश्यक ।

चन्द्र भण्डारी
हामीलाई जति बेला पनि किन्न सक्छौँ, आफ्नो कोल्टामा पार्न सक्छौँ भन्ने भयो । हाम्रो राजनीति, यो राष्ट्रनीति भएन । एनसेल आएदेखि नै हामी बारम्बार यसमा छौँ । पहिले नै जोड दिएको छ, यो अवस्थामा पुग्ने थिएनौँ । सैद्धान्तिक रूपमा स्पष्ट नभएसँग हामी कुनै पनि कुरा पार ल्याउन सक्दैनौँ । कतै न कतै उनीहरू र नेपालका जिम्मेवार व्यक्ति नमिले यो सम्भव हुँदैन । यसलाई रोक्नुपर्छ । यस्तो कुरा भोलिको दिनमा दोहोरिन भएन ।

पहिला म अर्थ समितिमा हुँदा करको कुरा आउँदा यति पैसा बाँड्न खोज्यो, क्षेत्राधिकारभित्र नपर्ने समितिले निर्यण गर्‍यो, समितिले पैसा खायो – धन्न अन्तर्राष्ट्रिय अदालतबाट निर्णय भयो । यस्ता नकाचराहरू को देश छ ।

अधिकार नभएका समितिमा यसको छलफल भइरहेको छ । त्यहाँ पनि खोट छ । बिगार्नेहरू देशभित्रै छन् । यसै समिति मातहत ठोस निर्यण हुनुपर्ने माग गर्छु ।

छविलाल विश्वकर्मा
अन्तर्समिति समन्वय आवश्यक देखियो । आर्थिक, वैदेशिक लगानी जोडिएकाले लेखा, अर्थ समितिमा पनि क्षलफल होला । तर, उठाउनुपर्ने यो समितिले हुनुपर्छ । यो तरिका ठिक भएन । हाम्रो अभ्यासमा पनि अपरिपक्वता देखियो ।

सबै जनतासँग जोडिएको विषयमा यो समिति चुप लागेको सुहाएन । अहिले समितिले अध्ययन गरिरहेको छ भनिएको छ । त्योभन्दा पहिले सरकारको सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu