ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रम र स्वास्थ्यमन्त्रीले खुलेआम भ्रष्टाचार गरिरहेको एमाले सांसद पन्तको आरोप


एबीसी न्यूज
१६ पुस २०८०, सोमबार   २ : ४८   बजे

काठमाडौं १६ पौष । नेपाल सरकारका दुई मन्त्रीले खुलेआम घुस उठाएर भ्रष्टाचार गरिरहेको विषय संसदीय समितिमा प्रवेश गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सामान्य कर्मचारीको करिअर सिध्याउन निलम्बन र जिम्मेवारी खोसेर तान्ने कार्य गरेको बताए ।

 

पूर्वश्रममन्त्री समेत रहेका पन्तले श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले खुलेआम पैसा उठाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम शुल्क ८ सयबाट बढाएर २८ सय पुर्‍याउँदा एजेन्सीहरूबाट करोडौं पैसा एकमुष्ठ उठाएर मन्त्रीलाई बुझाइएको उनले बताए ।

सांसद पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेतले समेत खुलेआम भ्रष्टाचार गरिरहेको र अख्तियारले फाइल लैजाँदासमेत पदमा बसिरहेकोमा आपत्ति जनाए । अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको पन्तको आरोप छ ।

उनले बालकुमारी गोलीकाण्डमा सीडीओ र एसपीको जिम्मेवारी खोस्ने र पीएसओसहित सामान्य प्रहरी कर्मचारीको निलम्बन गरेर सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न खोजेको भन्दै कर्मचारीको करिअर सिध्याउन नपाइने बताए । उनले हत्याको जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने समेत बताए ।

उनले बालकुमारी घटनाको मुख्य जिम्मेवार श्रममन्त्री रहेको भन्दै कर्मचारीलाई बलिको बोका बनाउन खोजिएको बताए ।

सांसद पन्तले श्रम मन्त्री भण्डारीकै कारण इपिएसको कोटा तथा हजारौं आवेदकलाई अन्यौलमा राखेर गलत सूचना प्रकाशन गरेका कारण उनीहरु आक्रोशित बनेर आन्दोलनको अवस्था आएको बताए । एकातिर घुस खाएर अभिमुखीकरण तथा बायोमेट्रिकको शुल्क बढाउने र अर्कोतिर बेरोजगार युवालाई सही सूचना नदिई लापरवाही गरेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu