ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आक्रमण र ह्याकिङ’ जोगाउने प्रणाली नवीकरण नगर्दा सरकारी वेबसाइट खतरामा


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   २ : २४   बजे

काठमाडौं १७ पौष । सोमबार अधिकांश सरकारी वेबसाइटमा समस्या देखियो । वेबसाइट खुल्नेरनखुल्ने समस्या भयो ।  सञ्चार तथा सूचना प्रविधि मनत्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्र एनआईटीसीबाट सञ्चालित सरकारी वेबसाइट एवं वेब एप्लिकेसनमा सोमबार समस्या आएको थियो ।

सर्भरमा अत्यधिक ट्राफिक भिजिटर पठाएर वेबसाइटमा पहुँच हुन नदिने एक किसिमको साइबर आक्रमणका कारण सोमबार समस्या आएको एनआईटीसीले बताएको छ ।

एनआईटीसीका सूचना अधिकारी प्रविण चौहानले यो ‘डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस ९डीडोस–डीडीओएस० आक्रमण’ भएको बताए ।

यस्तो आक्रमणमा आक्रमणकारीले सर्भरमा धेरै भिजिटर पठाएर वास्तविक भिजिटरलाई उक्त वेबसाइटमा पहुँच नमिल्ने स्थिति सिर्जना गर्ने उनले बताए ।

यस्तोमा डीएनएस रिजल्भ नहुँदा विभिन्न इन्टरनेट नेटवर्कमा सरकारी वेबसाइट नखुल्ने समस्या भएको हो ।

सरकारी प्रणालीमा कसरी भयो डीडोस आक्रमण
डीएनएस सर्भरलाई डीडोस आक्रमणबाट जोगाउन विभिन्न किसिमका सुरक्षा प्रणाली हुने गर्छन् । जस्तो हामीले भाइरसबाट जोगिन एन्टीभाइरस प्रयोग गर्छौँ, त्यसरी नै विभिन्न किसिमका साइबर आक्रमणबाट जोगाउन विभिन्न प्रणाली उपलब्ध छन् ।

सर्भरलाई डीडोस आक्रमणबाट जोगाउन एनआईटीसीले आर्बर कम्पनीको डीडोस प्रोटेक्सन प्रणाली प्रयोग गर्दै आएको थियो । आर्बरको डीडोस प्रोक्टेसनको म्याद करिब चार महिनाअघि नै सकिएको सूचना अधिकारी चौहानले बताए ।

डीडोस आक्रमण हुनबाट जोगाउने प्रणाली नभएपछि आक्रमणकारीले सजिलै समस्या सिर्जना गर्न सकेको उनको भनाइ छ ।

यति मात्रै होइन सरकारी प्रणालीलाई ह्याकिङबाट जोगाउने फायरवालको म्याद समेत अब करिब २५ दिनमात्रै बाँकी रहेको चौहानले बताए । उनका अनुसार यी उपकरणको सर्पोट र लाइसेन्स नवीकरण नहुँदा समस्या आएको हो ।

डीडोस प्रोटेक्सन र फायरवाल सुविधा नवीकरण नगर्दा ह्याकिङ र फेरि पनि यस्तै समस्या सिर्जना हुने खतरा रहेको उनले बताए ।

हेटौँडामा रहेको डाटा रिकभरी सेन्टरका लागि समेत डीडोस प्रोटेक्सन र फायरवाल आवश्यक रहेको उनको भनाइ छ ।

यसका लागि आवश्यक बजेटको माग गर्दै सञ्चार मन्त्रालय एवं अर्थ मन्त्रालयलाई पटक पटक ताकेता गरिएको उनले बताए ।

एनआईटीसीअन्तर्गत नै रहेको सरकारी एकीकृत डाटा सेन्टर जीआईडीसी०बाट सबै जसो सरकारी वेबसाइटको डोमेन दर्ता, इमेलदेखि होस्टिङ सञ्चालनमा रहेको छ ।

यहाँ विभिन्न किसिमका उपहरणहरू अपग्रेड गर्नुपर्ने, थप्नुपर्नेदेखि जनशक्तिको समेत व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

एनआईटीसी खारेज गर्दै सरकार
सम्पूर्ण सरकारी डिजिटल पूर्वाधार सञ्चालनमा रहेको एनआईटीसीलाई खारेज गरेर सूचना तथा प्रविधि विभागअन्तर्गत राख्ने तयारी सरकारको छ । यसका लागि सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत निर्णय गरेको थियो ।

हालसम्म यो प्रक्रिया पूरा भने हुनसकेको छैन । सञ्चार मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले एनआईटीसीलाई विभागमा गाँभ्ने प्रक्रिया अघि बढिरहेको बताए । कहिलेसम्म भइसक्छ भन्ने मिति भने उनले बताएनन् ।

सरकारको महत्त्वपूर्ण डिजिटल संयन्त्रका रूपमा रहेको एनआईटीसीमा उचित जनशक्ति व्यवस्थापन एवं आवश्यक कुराहरूको आपूर्ति हुन नसकेको विभिन्न प्रणाली खतरामा पर्नसक्ने देखिन्छ ।

ल्क्ष्द्यी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group