ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गर्दै नेविसंघको ‘सडक बहस’


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   २ : ३३   बजे

काठमाडौं १७ पौष । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले विश्वविद्यालयमा उपकुलपति तथा पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट नियुक्तिको माग गरेको छ ।

संघले मंगलबार प्रदर्शनी मार्ग, आरआर क्याम्पस अगाडि ‘सडक बहस’ आयोजना गरेको छ । केन्द्रीय सदस्य विजय ढुंगानाका अनुसार विश्वविद्यालयमा भएको दलीयकरण र राजनीतिक हस्तक्षेपको अन्त्यको माग गर्दै संघले निरन्तर अभियान सञ्चालन गरिरहेको छ ।

संघले मेलमिलाप दिवसको अवसरमा प्रज्ञा भवनमा भएको कार्यक्रममा ‘अबको मेलमिलाप हाम्रा विश्वविद्यालयको सुधार र शिक्षाको दलीयकरण र राजनीतिक हस्तक्षेप अन्त्यको लागि’ भन्ने नारासहित ब्यानर राखेको थियो ।

संघले मेलमिलाप दिवसको अवसरमा भएको कार्यक्रममा सबै दलका प्रमुख नेताहरूलाई पत्रमार्फत आग्रह गरेको ढुंगानाले जानकारी दिए ।

“नेविसंघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति तथा पदाधिकारीको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग राख्दै ‘प्रधानमन्त्रीलाई पत्र’ अभियान समेत चलाएको छ,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कैलाश मानसरोवरबाट फर्किएका सद्गुरु हेलिकप्टरमार्फत काठमाडौं ल्याइए

भोटेकोशी बाढीको कारणबारे दुई सम्भावना : हिमताल फुट्यो कि हिमनदी–खोला थुनियो?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu