ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालकुमारी घटनामा मुछेकोमा प्रधानमन्त्रीसँग मन्त्री ज्वालाको गुनासो


एबीसी न्यूज
१७ पुस २०८०, मंगलबार   ७ : २४   बजे

काठमाडौं १७ पौष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनामा आफूलाई दोषीका रुपमा देखाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा गृहमन्त्री र प्रहरी प्रमुखले मन्त्रीको गाडी नपुगेको भए परिस्थिति त्यस्तो नहुने बताएका थिए । त्यसको भोलिपल्ट मंगलबार बिहान आफ्नो पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपाललाई लिएर मन्त्री ज्वाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

उनले गृहमन्त्रीले दोषजति आफूतिर सोझ्याएर जोगिन खोजेको गुनासो गरेका थिए । ईपीएस कोरिया शाखाका कारण विवाद उत्पन्न भएको र सुरक्षा व्यवस्थामा भएको कमजोरीका कारण दुर्घटना हुन पुगेको मन्त्री ज्वालाले बताएका छन् ।

‘ईपीएसका कारण समस्या उत्पन्न भयो, दुई पक्षको झडपमा मसँग जोडिंदैन’ उनले प्रधानमन्त्रीसँग भएको संवादबारे भने, ‘त्यहाँको परिस्थिति थाहा नभएर हाम्रो गाडी बाटोमा आयो ।’ प्रदर्शनकारीले रोकेपछि आफूहरु गाडी छाडेर आएको र सुरक्षा निकायले त्यसको सुरक्षा गर्न नसकेको मन्त्री ज्वालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group