ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१४ किलो सुनकाण्डमा अख्तियारले समेत अनुसन्धान गर्ने


एबीसी न्यूज
१९ पुस २०८०, बिहिबार   ३ : ४४   बजे

काठमाडौं १९ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अनुसन्धान हुने भएको छ ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले सुन बरामद र त्यसमा सरकारी कर्मचारीहरु समेत संलग्न भएको घटनामा अख्तियारमा समेत फाइल पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले, २१ मंसिर २०८० को राति फ्लाई दुवईको उडानबाट काठमाडौं आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको थियो ।

घटनामा संलग्न भएको आरोपमा भन्सार कार्यालयले ‘सुन भन्सार चोरी पैठारी’ गरेको अभियोगमा बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

 

त्यही फाइलमा मुद्दा चलाउने राय लेख्ने क्रममा सरकारी वकिलको कार्यालय, काठमाडौंले केही सरकारी कर्मचारी भ्रष्टाचारमा समेत संलग्न भएको देखिएको भन्दै फाइल अख्तियार समेत पठाउन निर्देशन दिएको हो ।

सुन चोरी पैठारी काममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरु समेत संलग्न देखिएको भन्सार कार्यालयको अनुसन्धानबाट खुलेको छ । प्राधिकरणका कर्मचारीहरु राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत सुन तस्करीमा संलग्न देखिएको भन्दै सरकारी वकिलको कार्यालयले अख्तियारमा फाइल पठाउन राय दिएको हो ।

जिल्ला अदालतमा पेश भएको आरोपपत्रको साथमा समावेश भएको रायमा भनिएको छ, ‘उनीहरुले डि।बि। भन्ने दानबहादुर गुरुङसँग घुसरिसवत लिई सुन चोरी पैठारी सम्बन्धि कार्य गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे कुनै निकायवारे निर्णय भएर आएको विषयलाई आयोगले उजुरीका रुपमा लिने र अनुसन्धान अघि बढाउने बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म आयोगमा त्यससम्बन्धी निर्णय आएको छैन । निर्णयको फाइल आउनासाथ आयोगले अनुसन्धान अघि बढाउँछ ।’

गत मंसिरमा सुन ल्याउदै गर्दा गोरखाका चन्द्र घले विमानस्थलमा पक्राउ परेका थिए । खल्तीयुक्त ज्याकेटमा ७ वटा सुनको बिस्कुट ल्याएका उनले मिनबहादुर घलेको निर्देशन अनुसार आफूले सुन लिएर आएको बयान गरेका थिए ।

मिनबहादुरले अर्का डी।बी भनिने दानबहादुर गुरुङको नाम लिँदै विमानस्थलभित्रको सेटिङ उनैले मिलाउने बयान गरेका थिए । त्यसक्रममा नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुको संलग्नता समेत फेला परेको आरोपपत्रमा उल्लेख छ ।

जिल्ला अदालत, काठमाडौंमा आरोपपत्रको साथमा पेश भएको सरकारी वकिलको रायमा भनिएको छ, ‘अवैध सुन चोरी पैठारी काममा राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, रमेश देउला, अनिल श्रेष्ठ, शेरबहादुर बस्नेत नागरिक उड्ययन प्राधिकरणका कर्मचारी देखिएको र उनीहरुले दानबहादुर गुरुङसँग घुस लिई सुन चोरी पैठारीको काम गरेकोले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखि पठाइ पाउन अनुरोध छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu