ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपरिषद् सदस्य श्रेष्ठप्रति हाम्रो विश्वास रहेन –नेपाल बार एसोसिएसन


एबीसी न्यूज
२१ पुस २०८०, शनिबार   १ : २०   बजे

काठमाडौं, २१ पुस । नेपाल बार एसोसिएसनले न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठप्रति ‘विश्वास नभएको’ निष्कर्ष निकालेको छ । छलफलका लागि डाकेको बैठकमा नआएपछि यस्तो निष्कर्ष निकालेको बारले जनाएको छ ।
‘नेपाल बार एसोसिएसनले सिफारिस गरेर पठाएको सदस्यप्रति विश्वास रहेन भन्ने हामीले निष्कर्ष निकालियो र त्यो निर्णय माइन्यूटमा लेखियो,’ नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘आफूलाई सिफारिस गरेको संस्थाले नै विश्वास छैन भनेपछि पदमा बसिरहने कि पदत्याग गर्ने रु त्यो उहाँको नैतिकताको विषय हो । हामीले जान्ने कुरा भएन ।’

न्यायपरिषद्का सदस्य श्रेष्ठको तीनवटा रवैयामाथि प्रश्न गरेर यो निष्कर्ष निकालिएको वरिष्ठ अधिवक्ता समेत रहेका बार अध्यक्ष घिमिरेले बताए । बारको दाबीमा, न्यायपरिषद् नियमावली संशोधनबाट उच्च अदालतका न्यायाधीशहरुको जेष्ठताक्रम तलमाथि गर्ने काम गैरसंवैधानिक थियो । त्यो काममा श्रेष्ठ साक्षी मात्रै नबसेर निर्णय प्रक्रियामा नै संलग्न भएकाले गम्भीर प्रश्न उठेको घिमिरेले बताए ।अर्कोतर्फ पछिल्लोपटक भएको न्यायाधीश नियुक्तिमा मनोमानी निर्णय भएको र त्यसको आधार र कारण समेत दिन नसक्ने अवस्था भएकाले पनि बारले आफ्नो प्रतिनिधिमाथि प्रश्न उठाएको उनले बताए ।बार अध्यक्ष घिमिरेले भने, ‘यही विषयमा छलफल गरौं भनेर बोलाउँदासमेत नआएपछि उहाँप्रति हाम्रो विश्वास रहेन भन्ने निष्कर्षका साथ निर्णय लेखेका हौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group