ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको शेखर कोइराला समूहको बैठक जारी


एबीसी न्यूज
२२ पुस २०८०, आइतबार   ४ : १३   बजे

काठमाडौं २२ पौष । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । राष्ट्रियसभा सदस्यको उमेदवार, भागबन्डालगायत विषयमा बैठकमा छलफल गरिनेछ ।

नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा सो समूहका प्रभावशाली नेताहरू जम्मा भएका हुन् । छलफलमा कोइरालासहित कांग्रेस महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, केन्द्रीय सदस्य अर्जुनरसिंह केसीलगायत नेता सहभागी छन् ।

केही बेरअघि शेखर–गगनले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । छलफलमा देउवाले सो समूहलाई राष्ट्रियसभामा तीन सिटसम्म भाग लगाउन सकिने बताएका थिए ।

तर, नेता कोइरालाले हारेका मान्छे स्वीकार नगर्ने र चार सिट आफूहरूलाई चाहिने भनेपछि सहमति हुन सकेन । त्यसपछि कोइराला र थापा बैठकबाट निस्केर हिँडेका थिए । उनीहरू समूहको छलफलमा जुटेका हुन् ।

देउवाले तीन सिट दिने भनेपछि धुम्बाराहीबाट निस्किए शेखर–गगन, ‘बटमलाइन’ चार
आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार भोलि० भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

सत्ता गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी०ले दुई र जनता समाजवादी पार्टी जसपाले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu