ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्युत् महसुल नतिरेका उद्योगको लाइन तत्काल नजोडिने, अदालतको आदेश प्राधिकरणको पक्षमा


ABC NEWS
२२ पुस २०८०, आइतबार   ८ : २०   बजे

काठमाडौं२२ पुस नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका कारण बिजुलीको लाइन काटेका उद्योगमा तत्काल लाइन नजोडिने भएको छ।

विराटनगरस्थित रिलायन्स स्पिनिङ मिल्सले लाइन जोड्न माग गर्दै दिएको रिट निवेदनमा सुनसरी जिल्ला अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

न्यायाधीश टेकबहादुर कार्कीको एकल इजलासले दिएको आदेशसँगै नेपाल विद्युत प्राधिकरणलाई उद्योगहरूको डेडकेटेड तथा ट्रंक लाइनको बक्यौता रकम उठाउन बाटो खुलेको छ।

प्राधिकरणले रिलायन्स स्पिनिङ उद्योगको विद्युत लाइन पुस ६ गते काटेको थियो। त्यसविरुद्ध उद्योग अन्तरिम आदेशको माग गर्दै अदालत गएको हो।

सो उद्योगलाई डेडिकेटेड लाइन बापतको हालसम्मको तिर्नुपर्ने रकम १ अर्ब ७१ करोड ३१ लाख ६९ हजार ११६ रुपैयाँ ८१ पैसा बक्यौता छ।

‘बक्यौता नतिरेबापत उद्योगको लाइन काटिएको र यी जस्तै अवस्थाका उद्योगहरूलाई बाँकी बक्यौता ६० किस्तामा बुझाउन मन्जुर भई निवेदन दिएमा उद्योगको लाइन जडान गर्ने भनी नेपाल विधुत प्राधिकरणको सञ्चालक समितिको मिति २०८०र९र१६ गतेको निर्णय देखिँदा लाइन कटिसकेको अवस्थामा अन्तरकालिन आदेश जारी गर्न मिलेन। नियमानुसार गर्नू’ अदालतको आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu