ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भुटानमा चुनाव जित्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पार्टी सत्तामा


एबीसी न्यूज
२५ पुस २०८०, बुधबार   १ : ०७   बजे

काठमाडौं २५ पौष । भुटानको सरकारी मिडिया भुटान ब्रोडकास्टिङ सर्भिसले पीडीपीले ४७ मध्ये ३० सिट जितेको जनाएको छ । अर्कोतर्फ पूर्व कर्मचारी पेमा चोबाङ्ग नेतृत्वको भुटान टेन्ड्रेल पार्टी बीटीपी १७ सिटमा सीमित भएको छ । निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम परिणाम घोषणा गर्दैछ ।

सन् २००८ मा भुटानले राजाको प्रत्यक्ष शासन त्यागेर संसदीय लोकतान्त्रिक प्रणाली अपनाएको थियो । त्यसयता भुटानमा भएको यो चौथो चुनाव हो । तत्कालीन राजा जिग्मे सिङ्घे वाङ्गचुकले आफ्ना छोरा जिग्मे खेसर नाम्ग्याल वाङ्गचुकलाई राजगद्दी सुम्पिएपछिको यो पहिलो संसदीय निर्वाचन हो ।

पुरानो र नयाँ पार्टीबीच प्रतिस्पर्धा

करिब आठ लाख जनसंख्या रहेको भूपरिबेष्ठित मुलुक भुटानमा करिब पाँच लाख मतदाता छन् ।

राष्ट्रिय सभामा बहुमत हासिल गर्ने दलले भुटानमा सरकार बनाउँछ । भुटानमा दुई चरणमा निर्वाचन हुने गर्दछ । पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई वटा पार्टी अन्तिम चरणको निर्वाचनमा प्रतिस्पर्धा गर्दछन् ।

यसपटक पहिलो चरणको निर्वाचनमा भुटानका पाँच वटा दल प्रतिस्पर्धामा थिए । तीमध्ये तीनवटा पुराना पार्टी ड्रुक न्यामरुप त्शोग्पा डीएनटी०, ड्रुक फुएनसम त्शोग्पा डीपीटी० र पिपल्स डेमोक्रेटिक पार्टी पीडीपी० सहित नयाँ दुई दल भुटान टेन्ड्रेल पार्टी बीटीपी० र ड्रुक थुएन्ड्रेल त्शोग्पा डीटीपीटी० बीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो ।

उक्त प्रतिस्पर्धाबाट पुरानो दल पिपल्स डेमोक्रेटिक पार्टी पीडीपी० र नयाँ दल भुटान टेन्ड्रेल पार्टी ९बीटीपी० अन्तिम चरणको प्रतिस्पर्धामा पुगेका थिए ।

भुटानका वर्तमान प्रधानमन्त्री लोटे छिरिङ नेतृत्वको ड्रुक न्यामरुप त्शोग्पा ९डीएनटी०लाई पछि पार्दै पूर्वप्रधानमन्त्री छिरिङ्ग तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी पीडीपी० ले दुई तिहाइ सिट जितेर सरकार बनाउने अवसर पाएको हो । अब भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्गचुकले पूर्वप्रधानमन्त्री पीडीपीका नेता छिरिङ तोब्गेलाई नयाँ सरकार बनाउनका लागि आह्वान गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group