ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुगुकी बलात्कारपीडित किशोरीको बयान-काम छ भन्दै बोलाए, पालैपालो करणी गरे


एबीसी न्यूज
२ माघ २०८०, मंगलबार   १ : ४१   बजे

काठमाडौं २ माघ । आइतबार साँझतिर मुगुकी १४ वर्षीया किशोरी बलात्कृत भएको घटना बाहिरियो। ५ महिनाअघि घटेको घटनाको विषयमा किशोरीले आफ्नो पेटमा गर्भ बसिसकेपछि प्रतिवादीविरुद्ध प्रहरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो।

पेट दुख्ने समस्या लिएर स्थानीय स्वास्थ्य संस्थामा पुगेकी उनको गर्भमा १८ हप्ताको बच्चा रहेको पाइएपछि घटना बाहिरिएको हो।

मुगुमा कर्मचारीबाटै १४ वर्षीया किशोरी बलात्कृत, गर्भ बसेपछि बाहिरियो घटना

गत भदौ र असोजमा बलात्कार भएकी किशोरीले जाहेरी दिएपछि अहिले प्रहरीले अनुसन्धान अघि बढाएको छ। पीडित किशोरीले जाहेरीमा ९ जनाविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी छन्।

किशोरीले दिएको जाहेरीका आधारमा मुगु प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार, प्रकाउ पर्नेमा तीन जना नाबालक छन्। प्रहरीले नाबालकको परिचय गोप्य राखेको छ।

 

पक्राउ पर्नेमा तीन बालकहरूमा परिवर्तित संकेत नामथर छायाँनाथ ९ढ० ६०, छायाँनाथ ९द० ६० र छायाँनाथ ९ध० ६० रहेका छन्।

यस्तै, पक्राउ पर्ने दुई युवकमा छायानाथ रारा नगरपालिका–५ बस्ने ३० वर्षीय वसन्तबहादुर कार्की र मुगुकै सोरु गाउँपालिका–८ का २२ वर्षीय वसन्त रोकाया रहेको प्रहरीले जनाएको छ।

कार्की नगरपालिकामा कार्यरत नगर प्रहरी र रोकाया कृषि विकास कार्यालय, गमगढीका कार्यालय सहयोगी हुन्।

प्रकाउ परेका उनीहरूमाथि अदालतबाट म्याद थप भएर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, बलात्कार आरोप लागेका तीन बालकसहित एक युवक फरार छन्। फरार हुनेमा जुम्लाको चन्दननाथ नगरपालिका–७ बस्ने ३० वर्षीय पदमबहादुर कठायत र तीन बालक छन्।

मुगुको छायाँनाथ(रारा नगरपालिका–१४ घर भएकी बालिका सदरमुकाम गमगढीस्थित डेरामा बसी कक्षा ७ मा पढ्दै आएकी थिइन्। पीडित बालिकाले आफूमाथि फरकफरक समय गरी दुईपटक सामूहिक बलात्कार भएको उल्लेख गरी प्रहरीसमक्ष दुई छुट्टाछुट्टै जाहेरी दर्ता गराएकी छन्।

किशोरीले दर्ता गराएको एउटा बालकले गत भदौ १६ गते बेलुका अन्दाजी ९ बजे कोठामा बोलाएपछि आफू पुगेको बताएकी छन्।

गमगढीस्थित ती बालकको कोठामा पुगेकी उनीमाथि ६ जनाले पालैपालो जबरजस्तीकरणी गरेका थिए। उनीमाथि बलात्कार गर्ने ती सबै १८ वर्षमुनिका छन्।

सोही करणीबाट आफ्नो पेटमा गर्भ बसेको दाबी बालिकाले गरेकी छन्।

‘हाल पेट दुखेपछि जिल्ला स्वास्थ्य सेवा कार्यालय, मुगुमा गई चेकजाँच गराउँदा मेरो पेटमा गर्भ रहेको कुरा थाहा पाएकी हुँ,’ उनले भनेकी छन्, ‘मेरो पेटमा रहेको गर्भ निज अन्यायीहरु मध्ये को– कसको हो, मलाई थाहा छैन। तर, मलाई काम छ भन्दै बोलाए, सबैले पालैपालो जबरजस्ती करणी गरे।’

यस्तै, बालिकाले आफूमाथि १० असोजमा पनि अर्को सामूहिक करणी भएको जाहेरी दिएकी छन्।

सोही दिनको राति ९ बजे छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्कीले आफू बस्ने कोठामा आएर ललाईफकाई एक छिन काम छ भनी बाहिर बोलाएको पीडितले बताएकी छन्।

बाहिर आएपछि कार्कीले आफ्नो हात समाई आफूसँगै हिँड्न लगाएर कृषि विकास कार्यालय भवनको एक कोठामा पुर्‍याएको उनले भनेकी छन्।

उक्त कोठामा पुग्नेबित्तिकै कार्की, कृषि विकास कार्यालयका कार्यालय सहयोगी वसन्त रोकाया र त्यही कार्यालयका सवारी चालक पदमबहादुर कठायतले डरत्रास देखाई पालैपालो करणी गरेको पीडितको भनाइ छ।

करणीपछि उनीहरूले बालिकालाई कहीँकतै भने ज्यानै खतरामा पर्ने चेतावनी दिएपछि आफू खुल्न डराएको बालिकाले बताएकी छन्।

१४ वर्षीया बालिका कसरी उनीहरूको सम्पर्कमा पुगिन् र बलात्कृत भइन् भन्ने विषयमा सूक्ष्म अध्ययन भइरहेको प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

हाल बालिकालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group