ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको संकटमा विश्वको ऐक्यबद्धता, राहतदेखि उद्धारसम्म बढ्यो सहयोग


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : १५   बजे

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोपछि उत्पन्न मानवीय संकटमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहायता, राहत सामग्री तथा खोज तथा उद्धार टोली परिचालन गर्न थालेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले बाढीबाट अत्यधिक प्रभावित परिवार तथा समुदायका लागि २० लाख युरो बराबरको मानवीय सहायता घोषणा गरेकी छन् ।

त्यस्तै, भारत सरकारले १० टन राहत सामग्री बोकेको तेस्रो विमान नेपाल पठाएको छ । भारतले राहत सामग्रीसँगै उद्धार कार्यमा सहयोग गर्न ११ सदस्यीय चिकित्सक, पारामेडिक्स तथा विशेष प्राविधिक टोली समेत नेपाल पठाएको छ ।

क्यानडाले पनि विपद् प्रभावितका लागि ५० लाख क्यानेडियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै, न्युजिल्यान्डले नेपाल रेडक्रस सोसाइटी तथा अन्य राहत संस्थामार्फत प्रभावित समुदायसम्म सहायता पुर्‍याउन २० लाख न्युजिल्यान्ड डलर सहयोग गर्ने घोषणा गरेको छ ।

यसैबीच, काठमाडौंस्थित अमेरिकी दूतावासले रसुवाका अस्थायी आश्रयस्थलमा रहेका बाढीपीडितका लागि २.५ टनभन्दा बढी खाद्य तथा आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । उक्त सामग्री प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न प्रयोग गरिने जनाइएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट आन्दोलनले पनि विपद्पछिको मानवीय आवश्यकतालाई सम्बोधन गर्न आफ्नो विश्वव्यापी सञ्जाल परिचालन गरेको छ । रेडक्रसले तत्काल जीवनरक्षा तथा मानवीय सहायता सञ्चालनका लागि २ करोड ५० लाख स्वीस फ्रयांक बराबरको अन्तर्राष्ट्रिय अपिल जारी गरेको छ ।

भोटेकोशी बाढीपहिरोले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, घाइतेको उपचार, अस्थायी आश्रय, खाद्यान्न र अत्यावश्यक सामग्रीको आवश्यकता बढेको छ ।

नेपाल सरकारले सुरक्षा निकाय तथा राष्ट्रिय विपद् व्यवस्थापन संयन्त्रमार्फत उद्धार र राहतलाई तीव्रता दिइरहेका बेला अन्तर्राष्ट्रिय वित्तीय सहयोग, राहत सामग्री र विशेषज्ञ उद्धार टोलीको परिचालनले प्रभावित क्षेत्रमा मानवीय सहायता विस्तार गर्न थप आधार तयार गरेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीको लेदो हटाउने काम जारी

भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, एकको शव फेला

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सङ्खुवासभामा ‘गुराँस’ भनेर चिनिएको वनस्पति गुराँस नभएको पुष्टि

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीको लेदो हटाउने काम जारी

भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, एकको शव फेला

गोरु पाल्ने बाजुराका किसानलाई प्रोत्साहन, १५६ जनाको खातामा पाँच–पाँच हजार

टप एन्ड टी–२० सिरिज : नेपाल ‘ए’ सुखद अन्त्यको खोजीमा, भिक्टोरिया सिए–११ चुनौती

गाईजात्रा सुरु : दिवङ्गत आफन्तको सम्झनामा राजधानीमा झाँकी र नगर परिक्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu