ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, एकको शव फेला


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : २५   बजे

काठमाडौं । चीनको तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नेपाल प्रहरीका २७ जना कर्मचारी अझै बेपत्ता रहेका छन् ।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी बेपत्ता भएका प्रहरी कर्मचारीमध्ये एक जनाको शव फेला परेको छ । प्रहरी चौकी बेत्रावतीमा कार्यरत असई रामकाजी पौडेलको शव फेला परेको हो । उनको शव आफन्तले सनाखत गरी बुझिसकेका छन् ।

बाढीपछि प्रहरी कर्मचारीहरूसहित ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका छन् । भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा बाढीले प्रहरी चौकी, सडक तथा अन्य संरचनामा समेत क्षति पुर्‍याएको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचीअनुसार अझै २७ जना प्रहरी कर्मचारीको अवस्था अज्ञात छ । बेपत्ता हुनेमा प्रहरी जवानदेखि सहायक निरीक्षक (सई) दर्जासम्मका कर्मचारी रहेका छन् ।

बेपत्ता प्रहरी कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहे पनि प्रतिकूल भौगोलिक अवस्था, सडक तथा सञ्चार सम्पर्कमा आएको अवरोध र बाढीले पुर्‍याएको व्यापक क्षतिका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको छ ।

सुरक्षा निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ । बेपत्ता प्रहरी कर्मचारीको अवस्था यकिन गर्न सम्बन्धित क्षेत्रमा खोजी तथा उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

सङ्खुवासभामा ‘गुराँस’ भनेर चिनिएको वनस्पति गुराँस नभएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu