ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ३५   बजे

काठमाडौं । विश्वको लोकप्रिय सर्च इन्जिन गुगलले नेपालमा बाढी तथा प्राकृतिक विपद्का बेला नागरिकलाई छिटो र सहज रूपमा सूचना उपलब्ध गराउने उद्देश्यले ‘आपत्कालीन सूचना सेवा’ सुरु गरेको छ ।

यो सेवा सञ्चालनमा आएपछि बाढी वा अन्य प्राकृतिक विपद्को जोखिम देखिँदा गुगलको गृहपृष्ठमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ (Nepal Flash Flood Emergency Info and Updates) नामको लिङ्क देखिनेछ ।

उक्त लिङ्कमा प्रवेश गरेपछि प्रयोगकर्ताले विपद्बाट प्रभावित क्षेत्रको नक्सा, गुगलका बाढीसम्बन्धी ‘फ्लड अलर्ट’ तथा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार एकै स्थानबाट हेर्न सक्नेछन् ।

विशेषगरी बाढीको जोखिम बढेका बेला नागरिकले प्रभावित क्षेत्र, सम्भावित जोखिम र पछिल्लो अवस्थाबारे छिटो जानकारी पाउन सक्ने भएकाले यो सेवा आपत्कालीन सूचना प्रवाहका लागि उपयोगी हुने अपेक्षा गरिएको छ ।

नेपालमा पछिल्लो समय बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद्का घटना बढिरहेका बेला गुगलले सुरु गरेको यो सेवाले विश्वसनीय सूचना एकै ठाउँमा उपलब्ध गराई नागरिकलाई समयमै सचेत गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

तनहुँ: लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

भोटेकोशी बाढी : मृतकको संख्या ६२६ पुग्यो, अझै २,४२६ जना सम्पर्कविहीन

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu