ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : ३५   बजे

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समय बित्दै जाँदा सङ्क्रामक रोगको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले स्वास्थ्य सुरक्षालाई उद्धार तथा राहतसँगै प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

बाढीपछि मृत्यु भएका मानिस तथा जनावरका शव कुहिन थालेसँगै दुर्गन्ध फैलिनुका साथै वातावरण दूषित बन्न सक्ने भएकाले प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउनुभएको छ ।

उहाँका अनुसार बाढीपछि दूषित पानी, असुरक्षित खानपान, फोहोरमैला तथा पानी जम्ने स्थान बढ्दा विभिन्न प्रकारका ब्याक्टेरिया र भाइरसको सङ्क्रमण फैलिन सक्ने जोखिम हुन्छ ।

“समय बित्दै जाँदा शवहरू कुहिने सम्भावना अत्यधिक रहन्छ । यसले सङ्क्रमणको जोखिम बढाउन सक्छ,” डा. पुनले भन्नुभयो, “दूषित पानी र असुरक्षित खानपानका कारण झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्छन् । ब्याक्टेरिया वा भाइरसबाट विभिन्न सङ्क्रमण हुनसक्छ ।”

दूषित पानी र खानाबाट रोगको जोखिम

बाढी प्रभावित क्षेत्रमा पानीका स्रोत तथा खाद्य सामग्री दूषित हुन सक्ने भएकाले सुरक्षित खानेपानी र खानाको व्यवस्था अहिलेको प्रमुख स्वास्थ्य चुनौती भएको चिकित्सकहरूको भनाइ छ ।

बाढीको पानीसँगै बगेर आएको फोहोर तथा अन्य दूषित पदार्थ वातावरणमा मिसिँदा सङ्क्रमणको जोखिम बढ्ने डा. पुनले बताउनुभएको छ । विशेषगरी विस्थापित परिवारलाई सुरक्षित खानेपानी तथा खाना उपलब्ध गराउन चुनौती हुने भएकाले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

“विस्थापित अवस्थामा खानपान व्यवस्थापन गर्न चुनौतीपूर्ण हुन्छ । सुरक्षित पानी र खाना नपाउँदा झाडापखाला तथा टाइफाइडको जोखिम बढ्न सक्छ,” उहाँले भन्नुभयो ।

लामखुट्टेको सङ्ख्या बढ्न सक्ने

बाढीपछि विभिन्न स्थानमा पानी जम्ने भएकाले आगामी दिनमा लामखुट्टेको सङ्ख्या बढ्न सक्ने र त्यसबाट पनि सङ्क्रमणको जोखिम थपिन सक्ने चिकित्सकहरूले बताएका छन् ।

“पानी जम्ने ठाउँ बढेसँगै लामखुट्टे पनि बढ्न सक्छन् र सङ्क्रमणको जोखिम थपिन सक्छ,” डा. पुनले भन्नुभयो ।

बाढीबाट बाँचेका तथा विस्थापित नागरिकमा आगामी दिनमा झाडापखाला, ज्वरोलगायत स्वास्थ्य समस्या देखिन सक्ने भएकाले प्रारम्भिक अवस्थामै स्वास्थ्य निगरानी तथा उपचारको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

राहतसँगै स्वास्थ्य सुरक्षामा जोड

भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको अवस्थामा धेरै परिवार घरबारविहीन तथा विस्थापित भएका छन् । यस्तो अवस्थामा पीडितको प्राथमिकता तत्काल सुरक्षित स्थानमा पुग्ने र आधारभूत आवश्यकता पूरा गर्ने भए पनि स्वास्थ्य सुरक्षालाई बेवास्ता गर्न नहुने चिकित्सकहरूको सुझाव छ ।

“बाढीबाट प्रभावित मानिसले घर, सम्पत्ति र आफन्त गुमाएको अवस्थामा उहाँहरूलाई स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन आग्रह गर्नु व्यवहारिक रूपमा कठिन हुने भए पनि उपलब्ध स्रोतबाट सुरक्षित खानेपानी र सफा खानाको व्यवस्था गर्नु अत्यावश्यक छ,” डा. पुनले भन्नुभयो ।

उद्धार तथा राहत अभियानसँगै प्रभावित क्षेत्रमा सफा खानेपानी, सुरक्षित खाना, सरसफाइ, फोहोर तथा शव व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्रभावकारी बनाउन सके सम्भावित सङ्क्रमणको जोखिम कम गर्न सकिने चिकित्सकहरूको जोड छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

तनहुँ: लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

एनसेलले थप्यो सेवा : बाढी प्रभावित क्षेत्रमा थप सात दिन निःशुल्क डेटा, भ्वाइस र एसएमएस

भोटेकोशी बाढी : मृतकको संख्या ६२६ पुग्यो, अझै २,४२६ जना सम्पर्कविहीन

प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख दिने ८७ वर्षीया मनकारी वृद्धा राजी राणा को हुन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu