ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीको लेदो हटाउने काम जारी


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : २५   बजे

काठमाडौं । रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीदेखि गलौदीसम्मको सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

बाढीले सडकका विभिन्न स्थानमा ठूलो मात्रामा लेदो थुपारेपछि अवरुद्ध बनेको काठमाडौं–मुग्लिन सडकखण्डमा लेदो तथा अवरोध हटाएपछि शुक्रबार राति ८ बजेदेखि एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

उनका अनुसार बाढीका कारण राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाइएको छ । सडकमा सवारीसाधनको चाप रहेकाले समस्या भएका स्थानमा सुरक्षाकर्मी परिचालन गरी यातायात व्यवस्थापन तथा सहजीकरण भइरहेको छ ।

बैरेनीमा अझै समस्या

पृथ्वी राजमार्गको धादिङस्थित बैरेनी क्षेत्रमा भने लेदो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले हाल एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ ।

पाण्डेका अनुसार बैरेनी क्षेत्रमा थुप्रिएको लेदो दुई–चार घण्टामै हटाउन सकिने भए पनि सडकमा सवारीसाधन सञ्चालन भइरहँदा सफाइ तथा व्यवस्थापनको काममा कठिनाइ भइरहेको छ ।

‘शुक्रबार राति ८ बजेतिर सडक वान वे सञ्चालनमा ल्याएका हौँ । बाढीका कारण राजमार्गका ठाउँठाउँमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम गरेका थियौँ,’ उनले भने ।

अब सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने गरी लेदो तथा अन्य अवरोध हटाउने काम अघि बढाउने योजना रहेको पाण्डेले बताए ।

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा सडकमा लेदो थुप्रिँदा काठमाडौं र मुग्लिनबीचको यातायात प्रभावित भएको थियो । सडक क्रमशः सञ्चालनमा आए पनि जोखिमयुक्त स्थानमा सुरक्षाकर्मी परिचालन गरी यातायात व्यवस्थापन भइरहेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

गुगलले नेपालमा सुरु गर्‍यो ‘आपत्कालीन सूचना सेवा’

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

भोटेकोशी बाढीपछि सङ्क्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह

शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेलको आरोप, वडाध्यक्षद्वारा विद्यालयमा तालाबन्दी

सङ्खुवासभामा ‘गुराँस’ भनेर चिनिएको वनस्पति गुराँस नभएको पुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu