ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टप एन्ड टी–२० सिरिज : नेपाल ‘ए’ सुखद अन्त्यको खोजीमा, भिक्टोरिया सिए–११ चुनौती


ABC NEWS
१३ भदौ २०८३, शनिबार   २ : २५   बजे

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिज २०२६ मा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज भिक्टोरिया एकेडेमी (सिए–११) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताको आफ्नो अन्तिम खेलमा नेपाल जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा छ ।

डार्विनस्थित डिक्सी एरिना/मारारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो १ बजे सुरु हुने तालिका छ । यो प्रतियोगिताको २७औँ खेल हो ।

नेपाल ‘ए’ यसअघि खेलेका पाँचमध्ये दुई खेलमा विजयी र तीन खेलमा पराजित भएको छ । टोलीले नर्दन टेरिटोरी स्ट्राइक र बंगलादेश हाइपरफर्मेन्स–११ विरुद्ध सुरुआती खेलमा पराजय बेहोरेको थियो । त्यसपछि होबार्ट हरिकेन्स एकेडेमी र अष्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्ध जित निकालेको थियो । पछिल्लो खेलमा भने हैदरावाद किङ्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

उता भिक्टोरिया एकेडेमी प्रतियोगितामा बलियो टोलीका रूपमा देखिएको छ । टोलीले सुरुआती चरणमा राम्रो प्रदर्शन गर्दै सेमिफाइनल दौडमा आफूलाई बलियो अवस्थामा राखेको छ । भिक्टोरियाका विल सदरल्यान्ड र साम इलियटजस्ता खेलाडीले प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेका छन् । सदरल्यान्डले ब्याटिङमा उच्च स्ट्राइक रेटसहित रन बनाएका छन् भने इलियटले बलिङमा महत्वपूर्ण विकेट लिएका छन् ।

नेपालका लागि आजको खेल प्रतियोगिताको अंकतालिकामा ठूलो परिवर्तन ल्याउनेभन्दा पनि अष्ट्रेलियाली घरेलु तथा विकासशील टोलीसँगको प्रतिस्पर्धाबाट अनुभव बटुल्ने र जितसहित अभियान टुंग्याउने अवसरका रूपमा रहनेछ ।

नेपाल ‘ए’को टोलीमा कप्तान अनिल साहसँगै कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, पवन सर्राफ, दीपक डुम्रे, आकाश चन्दलगायत खेलाडी छन् । भिक्टोरियाको नेतृत्व विल सदरल्यान्डले गर्नेछन् ।

टप एन्ड टी–२० सिरिजको यस संस्करणमा नेपालले लगातार दोस्रो सहभागिता जनाएको हो । प्रतियोगितामा नेपालले प्राप्त गरेको अनुभव आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी विकास र तयारीका दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

आजको खेलपछि प्रतियोगिताका सेमिफाइनल खेल आइतबार र फाइनल पनि सोही दिन हुने तालिका छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल–चीन सीमावर्ती बाढीमा ९० अमेरिकी नागरिक अझै सम्पर्कविहीन

घर छैन, आफन्तको अत्तोपत्तो छैन : बेत्रावतीका बाढीपीडितको पीडा

सम्बन्धित

‘बझाङको बाघ’ अब यूएफसीको ढोकामा : एमएमए के हो, रवीन्द्र ढाँटको सफलताको राज के हो?

जितपछि रवीन्द्रले भने : बाढीले नेपालमा गाह्रो भइरहेको छ, सबैले सक्दो सहयोग गर्नुहोला

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

मलेसियाविरुद्ध नेपालको दोस्रो अभ्यास खेलमा जित

रोहितको अर्धशतकपछि मलेसियासामु नेपालको १७१ रनको लक्ष्य

लगातार दोस्रो जितपछि ह्याट्रिकको लक्ष्यमा नेपाल ‘ए’, आज किंग्समेनसँग भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu