काठमाडौं । ‘रोड टु यूएफसी’को फाइनलमा पुगेका नेपाली फाइटर रवीन्द्र ढाँटले बाढीका कारण नेपाल अहिले कठिन अवस्थामा रहेकाले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन् ।
शुक्रबार खेलपछि कुरा गर्दै ढाँटले बाढीपीडितलाई सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।
‘अहिले नेपालमा बाढीका कारण धेरै नै गाह्रो अवस्था भइराखेको छ । कृपया आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुहोला,’ उनले भने ।
न्युजिल्यान्डका फाइटर कासिब मर्डकलाई पराजित गर्दै फाइनलमा पुगेका ढाँटले अब योर ताजिमासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
फाइनल जित्ने फाइटर यूएफसीका लागि छनोट हुनेछन् ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्