ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै


एबीसी न्यूज
३ माघ २०८०, बुधबार   १ : ०३   बजे
काठमाडौ ३ माघ ।   पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन् ।विगत केही दिनदेखि सुरु भएको शीतलहरले स–साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले सूचना जारी गरेर विद्यालय बिदा गरेका हुन् । हाल दिइएको बिदा जाडो र वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिने स्थानीय तहका शिक्षा शाखाले बताएका छन् ।
एक सातादेखि चिसो हावासँगै शीतलहर चल्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिका साथै गरिब, विपन्न र खुल्ला आकाशमा काम गर्ने वर्ग बढी प्रभावित भएका ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव हरिप्रसाद दाहालले बताए। उनका अनुसार पुस २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएकामा मौसम थप प्रतिकूल बनेपछि माघ ४ गतेसम्म बिदा थप गरेको हो ।
जिल्लाका अन्य पालिकाले माघ ७ गते सम्मका लागि जाडो बिदा दिएका दाहालले जानकारी दिनुभयो । उनका अनुसार केही दिनदेखि चिसो थप बढेकाले पठनपाठन सञ्चालन गर्दा समस्या हुने भएपछि बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गरी बिदा थप गरिएको हो ।चिसोले जनजीवन प्रभावित भएपछि यहाँका अधिकांश पालिकाले विद्यालय बन्द गराएका छन् ।
एक सातादेखि घाम नलाग्दा तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ र तुसारो चलिरहँदा जनजीवन कष्टकर बनेको छ ।चिसोका कारण दम तथा रुघाखोकीको समस्याका बिरामी बढेका नगर अस्पतालका प्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामविश्वास रायले बताए। उनका अनुसार चिसोका कारण अपाङ्गता भएका मानिस, दम, हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन् । लगातार बढेको चिसोका कारण जिल्लाका बजारमा चहलपहल पनि घटेको स्थानीय व्यापारीले बताएका छन् । शीतलहर तथा तुषारोका कारण आलु, गोलभेँडा, प्याजको बेर्नालगायत तरकारी बाली प्रभावित बनेको किसानले बताएका छन् ।
सुनसरीका विद्यालयमा पनि बिदा  
केही दिनदेखि बढेको अत्यधिक चिसोका कारणले सुनसरीका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको देवानगन्ज, इटहरी उपमहानगरपालिकाले आजदेखि माघ ५ गतेसम्मका लागि विद्यालयमा बिदा दिएका इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए।
चिसोका कारण बालबालिकाको स्थास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले त्यसलाई माध्यनजर गर्दै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा बिदा दिइएको उनले जानकारी दिए। इटहरी उपमहानगरले नगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्था तीन दिनका लागि बिदा दिने  निर्णय गरेको छ । अत्यधिक चिसो बढेपछि विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाई हुनुका साथै विद्यार्थीको स्वास्थ्यमासमेत प्रतिकूल असर भन्दै उपमहानगरले माघ ३, ४ र ५ गते बिदा दिने निर्णय गरेको नगरका शैक्षिक प्रशासन शाखा अधिकृत दोर्ण दाहालले जानकारी दिए। देवानगन्ज गाउँपालिका तथा इनरुवा नगरपालिकाले माघ ३, ४ र ५ गतेसम्मका लागि विद्यालयमा बन्द गर्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu