ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा ग्यालेक्सी एस२४ को प्रि–अर्डर खुला- एआई सम्मिलित फोनको मूल्य २ लाखसम्म


एबीसी न्यूज
५ माघ २०८०, शुक्रबार   १ : ५१   बजे

काठमाडौं ५ माघ । नेपालमा सामसङको ग्यालेक्सी एस२४ सिरिजको प्रि–अर्डर खुला भएको छ । बुधबार मात्रै विश्व बजारमा सार्वजनिक भएको ग्यालेक्सी एस२४ को प्रि–अर्डर नेपालमा आजबाट खुला भएको हो ।

सामसङ नेपालले शुक्रबार ग्यालेक्सी एस२४ अल्ट्रा, ग्यालेक्सी एस२४ प्लस र ग्यलेसी एस२४ को प्रि–अर्डर खुलेको घोषणा गरेको हो ।

ग्यालेक्सी एस२४ आर्टिफिसियल इन्टेलिजेन्सएआई सम्मिलित पहिलो फोन भएको कम्पनीले जनाएको छ । यसमा रहेको एआई फिचरले लाइभ कल अडियोमा र म्यासेज अनुवाद गर्नेदेखि विभिन्न सुविधा उपलब्ध गराएको छ ।

ग्यालेक्सीको प्रोभिजुअल इन्जिनले फोनमा सिर्जनात्मक स्वतन्त्रता र कुनै पनि जिज्ञासालाई सर्च गरेर तत्काल पत्ता लगाउनसक्ने नयाँ विशेष सुविधा उपलब्ध गराएको छ ।

नेपालमा प्रि–अर्डर खुला गर्दै सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, “ग्यालेक्सी एस२४ले संसारसँगको हाम्रो सम्बन्धलाई परिवर्तन गर्छ । मोबाइलको आविष्कारको आउँदो दशक कस्तो हुनेछ भन्ने संकेत गर्छ ।”

ग्यालेक्सी एआई हाम्रो नवप्रवर्तन सम्पदा र मानिसले आफ्नो फोन कसरी प्रयोग गर्छन् भन्ने बुझाइबाट निर्माण गरिएको बताए । “हामी विश्वभरका हाम्रा प्रयोगकर्ताहरूले कसरी नयाँ सम्भावनाहरू खोल्न ग्यालेक्सी एआईमार्फत आफ्नो दैनिक जीवनलाई सशक्त बनाउँछन् भनेर हेर्न उत्साहित छौं,” उनले भने ।

1-1705649354.png

यसरी गर्न सकिन्छ प्रि–अर्डर
ग्यालेक्सी एस२४ सिरिजका फोन प्रि–बुक गर्न यो वेबसाइटमा जान सकिन्छ । जततउकस्ररकबmकगलन(लउ।अयmरल्ए(क्द्दद्ध(एचभयचमभचर । यसबाहेक आफ्नो नजिकैको सामसङ फोन स्टोरमा गएर पनि फोन प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रि–अर्डर अफर माघ २३ सम्म वा स्टक रहँदासम्म मान्य रहने कम्पनीले जनाएको छ ।

यसबाहेक प्रि–अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेल प्रिमियम नम्बरमा प्रतिदिन ७० मिनेट अल नेट भ्वाइस ं ७०० एमबी ं ७० एसएमएस ६ महिनाका लागि तीन हजार ५०० रुपैयाँ निःशुल्क प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इनस्टा फाइनान्स सेवाको साथमा यो नयाँ फोनलाई शून्य प्रतिशत ब्याज दरमा सजिलो ईएमआई गर्न सकिने कम्पनीले जनाएको छ ।

2-1705649389.png

यस्तो छ फोन

ग्यालेक्सी एस२४ अल्ट्रामा आइफोन १५ प्रोझैँ टाइटेनियमको फ्रेम छ । यसको तौल एस२३ अल्ट्राजत्तिकै २३२ ग्राम छ । अल्ट्रामा ६।८ इन्च र १,४४० पिक्सेलको डिस्प्ले छ ।

फोनमा १० मेगापिक्सेलमा १० गुणा जुम र ५० मेगापिक्सेलका निम्ति पाँच गुणा जुमको क्यामेरा छ ।

चार क्यामेरामा २०० मेगापिक्सेलको मुख्य, १० मेगापिक्सेलको टेलिफोटो र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा पछाडि छ । अगाडि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

फोनमा फोटो र भिडियो इडिटिङका निम्ति केही टुल छन् । फोनमा क्लाउडमा आधारित थुप्रै एआई सुविधा समेटिएको छ । कम्पनीले गुगलको जेमिनी फोनमा जोडेको छ ।

फोनमा जेनेरेटिभ एआईबाट सञ्चालित फोटो र भिडियो इडिट गर्न सकिने उपकरण छन् । एआईको यूआईमा गुगल बार्डको आइकन छ ।

फोनमा लाइभ कललाई विभिन्न १३ भाषामा अनुवाद गर्न सक्ने दोभासेको एआई फिचर छ । फोनमा कुराकानी ९टेक्स्ट०लाई अर्को भाषामा अनुवाद गर्न सकिने एआई फिचर पनि छ ।

सामसङको भ्वाइस रेकर्डरमा क्बकगलन ट्रान्सक्रिप्सनलाई अर्को भाषामा अनुवाद गर्ने क्षमता छ । नोट्स एपले पनि केही उपयोगी फिचर समेटेको छ ।

अल्ट्रामा स्न्यापड्र्यागन ८ जेनेरेसन ३ चिपसेट छ । एस२४ प्लस र एस२४ मा यो चिपसेट अमेरिकामा मात्र उपलब्ध हुनेछ । अन्यत्र बिक्री हुने एस२४ प्लस र एस२४ फोनमा एक्जाइनोस चिपसेट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीले बगाएको सेफ तोडेर पैसा चोरेको आरोपमा २९ जना पक्राउ

तिलगंगा आँखा प्रतिष्ठानले १ करोड रुपैयाँ सहयोग गर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu