ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन पनि पाएन छानबिन समितिले


एबीसी न्यूज
७ माघ २०८०, आइतबार   १२ : ३२   बजे

काठमाडौं ७ माघ । सवारी पार्ट्सकोरूपमा भित्र्याइएको ६० किलो सुन र भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले तस्करसँग कनेक्सन देखिए पनि प्रतिवादी नबनाइकाहरूलाई पुनः कारबाहीको दायरामा ल्याउन सिफारिस गरिने भएको छ ।

सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी बनेको जाँचबुझ आयोगले सीआईबीले सोधपुछ गरेर मुद्दा नचलाई छाडेकाहरूलाई आयोगको कार्यालयमा बोलाएर पुनः बयान लिएको छ ।

जाँचबुझ आयोग स्रोतका अनुसार त्यसरी मुद्दा नचलाइएका माथि आयोगले सरकारलाई कारबाही सिफारिस गर्ने गरी काम थालेको हो ।

कारबाहीको प्रकृतिबारे भने अझै समिति निष्कर्षमा पुगेको छैन । ६० किलो सुन तस्करी प्रकरणका मूख्य आरोपी बेल्जियम नागरिक दावा छिरिङसँग कनेक्सन देखिएका सहसचिव झलकराम अधिकारीसहित दर्जन आरोपीलाई कारबाही सिफारिस गर्ने आयोगको तयारी छ ।

केहीदिन अघिमात्रै आयोगले बयान लिएका अधिकारी अध्यागमन विभागमा हुँदा दावा छिरिङसँग नजिकको सम्बन्ध देखिएको र केही शंकास्पद च्याटसमेत फेला परेका थिए । तर, सीआईबीले थप प्रमाण फेला नपरेपछि प्रतिवादी भने बनाएको थिएनन् ।

हाल उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा छन् । उनीबाहेक भेपमार्फत भएको सुन तस्करी प्रकरणमा भन्सारका प्रमुख भन्सार अधिकृत मुक्तप्रसाद श्रेष्ठसहित कर्मचारी श्रीधर टन्डन र भरतराम अधिकारीसँगसमेत आयोगले बयान लिइसकेको छ ।

कर्मचारीको हकमा सुन तस्करी पूर्ण रुपमा रोकथाम गर्न नसकेको र दिएको जिम्मेवारी पूरा गर्न नसकेको आयोगको दाबी छ ।

उनीहरुबाहेक ६० किलो सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेका ३३ जनासहित भेपमार्फत भएको तस्करीमा जोडिए थुनामा पुगेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहूल महराको समेत आयोगले बयान लिइसकेको छ ।

आयोगले १७ मंसिरदेखि सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा पुगेकाहरूमाथि बयान लिन थालेको थियो ।

गएको साउन २ मा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको ६० किलो सुन र २०७९ पुस १० मा दुबईबाट भेपमार्फत् भित्र्याइएको ९ किलो सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको थियो ।

१४ असोजको मन्त्रिपरिषद्ले तीन महिनाभित्र छानबिन प्रतिवेदन बुझाउने गरी गठन गरिएको आयोगको समयसीमा थप दुई महिना थपेको छ । यो सँगै आयोगले फागुनमा मात्रै प्रतिवेदन सरकारलाई बुझाउने छ ।

आयोगका अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य छन् । अन्य चार सदस्यीयहरूमा पूर्वएआईजी सहकुल थापा र पूर्वसहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी छन् ।

आयोगले नै पाएन ३३ किलो सुन तस्करीको प्रतिवेदन

आचार्य नेतृत्वको सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी बनेको आयोगले हालसम्म सुन तस्करी सम्बन्धी छानविन तथा प्रतिवेदनको प्रभावसमेत अध्यन गर्ने जनाएको थियो । तर, २०७४ मा भएको चर्चित ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदनसमेत हात पार्न सकेको छैन ।

त्यो बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । २०७४ चैत २० को मन्त्रिपरिषद्ले पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो ।

त्यही समितिले चारमहिना लगाएर बनाएको छानबिन प्रतिवेदन १६ साउन २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका थिए । तर, सो प्रतिवेदन हालको आयोगले अध्ययन गर्नसमेत पाएको छैन । ओली सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरी गोप्य रूपमा राखेको थियो ।

त्यो बेला गृहमन्त्रीमा रामबहादुर थापा बादल थिए । सो समितिले सुन तस्करीसँग जोडिएका केही नेपाली व्यवसायीको नामसमेत किटान गरेको दाबी गरिएको छ । सोही समितिले ३३ किलो सुन तस्करी गर्ने मोरङका चुडामणी उप्रेती गोरे समूहले ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो ।

आयोगका अध्यक्ष आचार्यले ३३ किलो सुन तस्करी प्रकरणमा बनेको छानबिन प्रतिवेदन अध्ययन गर्न नपाएको बताए । गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले ३३ किलो सुन प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमै नभेटिएका कारण आयोगलाई दिन नसकेको स्वीकार गरे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu