ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, को को छन् सहभागी ?


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   १ : १२   बजे

काठमाडौं ८ माघ । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरको प्राणप्रतिष्ठा सुरु भएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित भइसकेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले राम मन्दिरमा पूजा अर्चना गरेका छन् । मोदी आजको कार्यक्रममा मुख्य अतिथि हुन् । कार्यक्रममा मोदीको अलवा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, संघ प्रमुख मोहन भागवत पन सहभागी छन् । भारतीय कांग्रेसले भने कार्यक्रममा सहभागी नहुने निर्णय यसअघि नै गरिसकेको छ ।

भारतीय जनता पार्टीले राजनीतिक कार्यक्रमको रूपमा प्राणप्रतिष्ठा आयोजना गरेको भन्दै कांग्रेसले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको थियो ।

मुख्य पूजा गर्भगृहमा हुने जनाइएको छ । स्थानीय समयअनुसार अपराह्न १२ः२९ बजेबाट मुख्य पूजा सुरु गरिएको छ । प्राणप्रतिष्ठा कार्यक्रममा सहभागी हुनको लागि देश विदेशबाट सात हजारभन्दा बढी पाहुनालाई निमन्त्रणा गरिएको थियो ।

सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवनलगायत गायक गायिकाले भजन गाएर कार्यक्रमको सुरुआत गरिएको थियो । त्यसपछि श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पत रायले मन्दिरका बारेमा जानकारी गराएका थिए ।

मन्दिरमा राखिएको रामको मूर्ति कर्नाटकबाट ल्याइएको एक ढुंगाबाट बनाइएको जानकारी चम्पत रायले दिए । मूर्ति बनाउनको लागि नेपालको कालीगण्डकीबाट पनि दुई वटा ठूला ढुंगा लगिएको थियो । तर, विभिन्न कारण देखाई नेपालबाट लगिएका ढुंगाबाट मूर्ति बनाइएन ।

मन्दिरमा राखिएको रामको मूर्ति मैसुरका अरुण योगीराजले बनाएका हुन् । कार्यक्रममा अहिले अमिताभ बच्चन, रजनीकान्त, सचिन तेन्दुलकर, मुकेश अम्बानी, नीता अम्बानी उपस्थित भइसकेका छन् ।

यस्तै, उमा भारती, पवन कल्याण, सभाष घई, चिरञ्जीवी, कैलाश सत्यार्थी, अनु मलिक, रणवीर कपुर, आलिया भट्ट, विक्की कौशल, कट्रीना कैफ, जैकी श्राफ, रामदेव, धीरेन्द्र शास्त्री, अनिल कुम्बले, अनुपम खेर, कंगना रनोट, विवेक ओबराय, सायना नेहवाल लगायतका व्यक्तिहरू कार्यक्रममा सहभागी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group