ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रालयले भुवनलाई भन्यो– कार्यक्रममा लन्डन जानुको औचित्य के हो ? लिखित जवाफ पठाउनू


एबीसी न्यूज
८ माघ २०८०, सोमबार   ४ : २२   बजे

काठमाडौं ८ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई लन्डनमा आयोजना हुने कार्यक्रममा सहभागिताको विषयमा बोर्डलाई स्पष्ट पार्न निर्देशन दिएको छ । इन्टरनेसनल डेल्फिक काउन्सिलले लन्डनमा आयोजना गरेको कार्यक्रममा बोर्डको सहभागिताको औचित्यलाई लिएर मन्त्रालयमा उजुरी परेपछि बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्ट पार्न भनेको हो ।

एक हप्ताको समय दिएर मन्त्रालयले बोर्डलाई उक्त कार्यक्रममा सहभागितालाई लिएर स्पष्ट पार्न भनेको हो । “कार्यक्रममा सहभागिताको विषयलाई लिएर बोर्डबाटै उजुरी परेपछि हामीले यसमा बोर्डको धारणा के हो, स्पष्ट पारेर लेखेर पठाउन भनेका छौँ,” सञ्चार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले भने, “आइतबार हिजो हामीले बोडलाई पत्र पठाएका हौँ, एक हप्ताको समयसीमा दिएका छौँ ।”

चलचित्र विकास बोर्डका सदस्य समेत रहेका प्रवक्ता केएल बुढाथोकीले आयोजक काउन्सिल आफैँमा आर्थिक रूपमा अपारदर्शी संस्था भएको भन्दै उक्त संस्थाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष भुवन केसी जान लागेको भन्दै मन्त्रालयमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा मन्त्रालयले केसीलाई उक्त कार्यक्रममा सहभागिताको औचित्यलाई लिएर स्पष्ट पार्न निर्देशन दिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group