ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति भएको तथ्यांक सार्वजनिक


एबीसी न्यूज
९ माघ २०८०, मंगलबार   १ : ०३   बजे

काठमाडौं ९ माघ । मेलम्चीमा आएको बाढी र पहिरोले प्रतिघरधुरी ७० लाख रुपैयाँबराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच तथ्यांक सार्वजनिक गरिएको हो ।

मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्यांक र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी करिब ७० लाखबराबरको हानि–नोक्सानी भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिए । क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरूले जीविकोपार्जनका निम्ति लिएको बैंकको ऋणलाई पनि अध्ययनमा समावेश गरिएको थियो ।

बाढीले प्रत्यक्षभन्दा बढी गैरआर्थिक हानि–नोक्सानी गरेको अध्ययनले देखाएको छ । गैरआर्थिक हानि–नोक्सानीको तथ्यांक यसमा समेटिएको छैन । अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित ८५ प्रतिशत घरधुरीमा समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताए ।

“यो अध्ययनमा हामीले विशेष गरेर आर्थिक र गैरआर्थिक क्षति तथा नोक्सानीको विश्लेषण यसमा गरेका छौँ,” उनले भने, “त्यसका लागि हेलम्बु र मेलम्ची नगरपालिकामा १२० वटा घरधुरी सर्वेक्षण, दुईवटा पालिकास्तरीय छलफल कार्यक्रम र १४ जना यससँग सम्बन्धित सूचना दिन सक्ने व्यक्तिहरूसँग हामीले सूचनाहरू संकलन गरेर यो रिपोर्ट तयार पारेका छौँ ।”

उनले थपे, “योचाहिँ खासमा भन्नुपर्दा नेपालमा पहिलोपटक मेलम्चीको जुन बाढी आयो, २०७८ साल असार १ गते । त्यससम्बन्धी विभिन्न अध्ययन, अनुसन्धान भइसकेका थिए । तर, विशेष गरेर हामीलाई आर्थिक हिसाबले घरधुरीसम्म पुगेर एउटा घरको औसत क्षति तथा नोक्सानी कति हो भन्ने कुरा त्योस्तरको तथ्यांक नभइरहेको परिवेशमा हामीले त्यहीको पालिकाहरूसँग समन्वय गरेर घरधुरीमै पुगेर उहाँहरूको क्षतिको विश्लेषण गर्ने काम गरेका छौँ । त्यो अर्थमा हामीले आर्थिक रूपमा एक घरबराबर लगभग ७० लाख रुपैयाँ औसतमा आर्थिक क्षति भएको भन्ने हाम्रो आँकडाले देखाएको छ ।”

वातावरणविद् प्रविणमान सिंहले यो अनुसन्धान जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको बताए । नेपाल सरकारले उपलब्ध गराएको तथ्यांक र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा अध्ययन गरिएको उनले जानकारी दिए ।

मेलम्ची नगरपालिकाले सो क्षेत्रमा करिब ६५ अर्बबराबरको आर्थिक क्षति भएको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसैका आधारमा आफूहरूले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण संकलन गरेको वातावरणविद् सिंहले बताए । न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group