ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक सुरक्षा भत्ता गाउँगाउँमै वितरण


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   ८ : ५५   बजे

काठमाडौ ११ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिकको सहजताका लागि टोलमै पुगेर भत्ता वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को दोस्रो चौमासिकबापतको सामाजिक सुरक्षा भत्ता टोलमै पुगेर वितरण गरेको हो ।

ज्येष्ठ नागरिकलाई बजारसम्म झरेर बैंकमा लाइन बसेर भत्ता लिन असहज हुने भएकाले पालिकाले गत वर्षदेखि नै टोलमै पुगेर भत्ता वितरण गर्ने अभियान सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए। उनले भने, “हामी जनताको सेवाका लागि आएका हौँ । जसरी सहज हुन्छ त्यसरी नै जनताको सेवामा समर्पित हुने प्रयास गर्दैछौँ ।गाउँपालिकाले वडा नम्बर १ को देवीडाँडा आमा समूह भवन र चन्द्रोदय माविबाट भत्ता वितरण गरिसकेको छ । त्यस्तै अशक्त व्यक्तिलाई भने घरमै पुगेर भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर २ को कोटगाउँ, पतेनी, एक्लेफाँट, पौवा, खोलागाउँ, तिलबारी, नयाँगाउँ र डुम्रीखर्क, ढापटार, नारीघाँट, खानीखोला र ढकालटारमा भत्ता वितरण गरिसकिएको छ भने अदुवाखर्क, घोक्रिङ खर्क, सहकारी टोलमा माघ १० गते भत्ता वितरण गरिएको छ ।वडा नम्बर ३ को आँबुगाउँ, कोटगाउँ, धारापानीमा यही माघ ११ गते भत्ता वितरण गरिनेछ । वडा नम्बर ४ को घ्याङसिङ, भाँगे, लोप्राङ, अक्लाङ, काफलडाँडामा माघ ६ गते, आमडाँडाबेँसी, खस्राङ, पूर्वीबँेसी, दुवाबेँसी, साँखर, बेनीटार, वडा कार्यालय भवनमा माघ ७ गते भत्ता वितरण गरिएको छ ।

वडा नम्बर ५ को लाब्दी, भेटेसरा, भकुन्डी, वडा कार्यालय भवन, घुमाउने, बरालुङ बेसमा भत्ता वितरण गरिसकिएको छ ।वडा नम्बर ६ को हिलेखर्क, पुर्लङ र प्युघरमा टोलमै पुगेर भत्ता वितरण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

गाउँपालिकाले विभिन्न बैंकमार्फत ६८ वर्षमाथिका ज्येष्ठ नागरिक, ज्येष्ठ नागरिक दलित, ज्येष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्ग क वर्ग, अशक्त अपाङ्ग ९ख० वर्ग, पाँच वर्षमुनिका बालबालिकालाई घरदैलोमा पुगी भत्ता वितरण थालेको हो । त्यसका लागि बैङ्कका कर्मचारीलाई पनि घरदैलोमा नै लगिएको छ । टोल–टोलमा भत्ता वितरण सुरु गरिएसँगै अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले गाउँबाट आएर बजारमा रहेको बैंकको ढोकामा घन्टौँ लाइन बसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने बाध्यता हटेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu