ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर बालेन र हर्कले गरेनन् मतदान, विश्लेषक भन्छन राजनीतिक चरित्र देखिँदैन


एबीसी न्यूज
११ माघ २०८०, बिहिबार   ३ : ४०   बजे

काठमार्डौ ११ माघ । स्थानीय तह निर्वाचनमा स्वतन्त्रबाट जितेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरेनन् । राष्ट्रियसभा निर्वाचनका निम्ति निर्धारित बिहीबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म समय सकिएको छ ।

वाग्मती प्रदेशको मुकाम हेटौँडामा भएको मतदानमा मेयर बालेन सहभागी भएनन् । नयाँ प्रशासकीय अधिकृतसँग बैठक राखिएकाले उनी भोट हाल्न नगएको मेयर बालेनको सचिवालयले जानकारी गराएको छ ।

यस्तै, कोसी प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सदस्यका निम्ति विराटनगरमा भएको मतदानमा कार्यव्यस्तता देखाउँदै धरानका मेयर साम्पाङले मतदान गरेनन् । “म आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान भ्याइनँ,” उनले बाह्रखरीसित भने ।

स्वतन्त्र निर्वाचित यी जनप्रतिनिधिले केन्द्र र प्रदेश सरकारका कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

जनप्रतिनिधि भएर भोट हाल्न नजानु आफ्नो जिम्मेवारी बहन नगरेको हुने राजनीतिक विश्लेषक प्रा। डा। लोकराज बराल टिप्पणी गर्छन् । “भोट हाल्न जान भ्याइनँ भनेर जिम्मेवारीबाट पन्छिएको देखियो । उहाँहरूले कि त बहिष्कार गर्नुपर्‍यो, भ्याइनँ भन्न सुहाउँदैन,” उनले भने ।

मेयर बालेन र हर्कमा राजनीतिक चरित्र नभएको उनको टिप्पणी छ । “उहाँहरूमा राजनीतिक चरित्र नै देखिँदैन,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group