ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशैभरि जान्छ चितवनको तोरीको तेल


एबीसी न्यूज
१६ माघ २०८०, मंगलबार   ३ : १३   बजे

काठमाडौ १६ माघ ।तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने गरिन्छ ।

आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गर्दछन् । बजारमा आउने तेल मिसावट हुनसक्ने आशङ्काले यही पेलेको तेल प्रयोग गर्नेको सङ्ख्या बढी हुने गरेको छ । जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको तेल बिक्री केन्द्रबाट वार्षिक ४० हजार लिटर तेल बिक्री हुँदै आएको छ । सङ्घका व्यवस्थापक विनोद खतिवडाका अनुसार यहाँ मुख्यरुपमा जिल्लामा नै उत्पादित तोरीको तेल पेल्ने गरिएको छ । गएका वर्षहरुमा दाङसहित पश्चिमका जिल्ला र वीरगञ्जबाट समेत तोरी आउने गरेको थियो । यस वर्ष भने यहींको तोरीले धानेको उनले बताए ।

गत आर्थिक वर्षमा एक हजार ५२ क्विन्टल तोरी ल्याएर तेल उत्पादन गरी बिक्री गरिएको उनको भनाइ छ । वार्षिक रु एक करोड ५० लाख हाराहारीको तोरीको तेल बिक्री हुने गरेको छ । सङ्घका अध्यक्ष भक्तिराम अधिकारीका अनुसार यहाँको तेल जिल्लासँगै धेरै काठमाडौँ जाने गर्दछ । यस्तै पोखरा, हेटौँडालगायत देशका विभिन्न ठाउँमा तेल पुग्ने गरेको उहाँले जानकारी दिए। उनले भने, “आफ्नै आँखा अगाडि तोरी पेल्ने हुनाले शुद्ध तेलका लागि जो कोही यहाँ आउने गर्दछन् ।” रोजगारीको सिलसिलामा यहाँ रहेकाहरु, बाटो यो परेर अन्यत्र जानेहरु, राजधानीलगायत ठाउँमा भएकालाई उपहारका रुपमा समेत तेल लैजाने गरेको उनले बताए। सङ्घले तेल प्रतिलिटर रु तीन सय ५० मा बिक्री गर्दै आएको छ । सहकारीहरुका लागि प्रतिलिटर रु १० छुट दिने गरिएको छ ।

भरतपुर महानगरपालिका–११ को बाइपास सडक नजिकै वशिष्ठ तेल उद्योग रहेको छ । यहाँ पेलिने तोरीको तेलमध्ये ७० प्रतिशत जिल्लाबाहिर जाने गरेको सञ्चालक कृष्णप्रसाद भट्टराईले बताए । उनका अनुसार धेरै काठमाडौँ, पोखरा, गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, धादिङलगायत जिल्लामा जाने गर्दछ । उनले भने, “स्थानीय बजारमा ३० प्रतिशत तेल जान्छ भने बाँकी ७० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ ।” तोरीको तेल प्रत्यक्ष रुपमा पेलेर दिइने भएकाले विश्वास जित्न सकेको भट्टराईले बताए । जिल्लाका अन्य ठाउँमा पनि निजी क्षेत्रबाट उद्योगका रुपमा तेल मिल सञ्चालनमा रहेका छन् । बाहिरबाट आउने तेलमा मिसावट हुनसक्ने भन्दै पछिल्ला दिनमा प्रत्यक्ष रुपमा पेलेर बिक्री गर्ने तोरीको तेलमा आकर्षण बढेको छ । चितवन तोरीका लागि प्रख्यात जिल्लाका रुपमा चिनिन्छ । पछिल्ला वर्षमा यहाँ तोरीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group