ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीको चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम


एबीसी न्यूज
१६ माघ २०८०, मंगलबार   ३ : ३९   बजे

काठमाडौं १६ माघ ।   स्यापोरो वाटर वर्कस् ब्यूरो जापानको सहयोगमा प्यारो हरियो नेपाल र नेपाल खानेपानी संस्थान काठमाडौँको सहयोगमा आजदेखि पोखरामा दुई हप्ता समयावधिको खानेपानी चुहावट नियन्त्रण तथा गुणस्तर व्यवस्थापन तालिम सुरु भएको छ ।

खानेपानी सेवा तथा व्यवस्थापन प्रणालीमा सुधारका लागि प्राविधिक सहयोग परियोजना अन्तर्गत भौतिक सुविधा विस्तारको साथै नेपाल खानेपानी संस्थान पोखरा शाखाको पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गर्नका लागि प्राविधिक ज्ञान प्रदान गर्ने उद्देश्यका साथ नेपाल खानेपानी संस्थानअन्तर्गतका इन्जिनियर र अन्य प्राविधिक कर्मचारी गरी १५ जनालाई तालिम दिन लागिएको हो ।
तालिमका लागि जापानबाट ११ जना विशेषज्ञको टोली माघ १४ मा नेपाल आई नेपाल खानेपानी संस्थानको केन्द्रीय कार्यालय र खानेपानी मन्त्रालयका उच्च पदाधिकारीसँग छलफल गरी पोखरा आएको हो ।
पोखरामा हुने तालिमका क्रममा मर्दीखोला ड्याम, नवनिर्मित पानी थिग्र्याउने प्रणाली र पुरनचौरस्थित मुख्य पानी शुद्धीकरण प्लान्ट, हेमजालगायत पोखराको विभिन्न स्थानमा रहेका पानी वितरण प्रणालीहरूको अध्ययन र जाँच गरी देखिएका समस्या समाधान गर्न सहयोग गरिने जनाइएको छ ।
तालिमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले संयुक्त रुपमा उद्घाटन गर्नुुभयो । कार्यक्रममा महानगरपालिका प्रमुख धनराज आचार्यले महानगरपालिका क्षेत्रमा  स्वच्छ खानेपानी उपलब्ध गराउने विषय प्राथमिकतामा रहेको बताउनुभयो ।
नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले तालिमले पानी वितरण प्रणालीलाई व्यवस्थित गरी शुद्ध खानेपानी वितरण गराउन महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुुभयो । आजदेखि सुरु तालिम आगामी माघ २९ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group