ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकाध दिनमै पार्टी एकता टुंगिन्छ– अध्यक्ष दाहाल


admin
४ फाल्गुन २०७४, शुक्रबार   ७ : ४६   बजे

काठमाडौँ, ४ फागुन ।  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ ।

पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो देखिएको हो ।”

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत एमालेका शीर्ष नेतासँग राजनीतिक वैचारिक तथा अन्य सांगठनिक विषय मिलाउन र सबैलाई मान्य हुने गरी एकताको भावना आमरुपमा जाने गरी तयारी गरिएकाले समय लागेको जस्तो देखिएको उहाँको भनाइ थियो ।

बिहीबार सरकार गठन हुँदा माओवादी केन्द्रको तर्फबाट मन्त्रिमण्डलमा सहभागी नहुँदा विवाद भएर हो कि भन्ने आशंका देखिएको र देखाउन खोजिएको भन्दै उहाँले त्यस्तो असहमति र विवाद नरहेको स्पष्ट पार्नुभयो ।

पार्टी एकताको लक्ष्यसहित संयुक्त गठबन्धन बनाएर निर्वाचनमा साझा घोषणापत्रका साथ जनतामा गएको र जनताले त्यसलाई अनुमोदन गरेको दोहो-याउँदै भन्नुभयो, “पार्टी एकतालाई जनताले अनुमोदन गरेका छन् । वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत छ । यसलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनु पर्दछ ।”

आर्थिक समृद्धि र समाजवादप्राप्तिको लक्ष्य नै आफूहरुको साझा लक्ष्य र कार्यभार रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले राजनीतिक स्थिरताप्राप्त भएकाले आर्थिक विकास र समृद्धिको प्रश्न नै वर्तमानको प्रमुख दायित्व रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group