ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द्वन्द्वकालमा जफत सम्पत्ति फिर्ता गर्न कांग्रेसको माग


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   २ : २८   बजे

काठमाडैं, २३ माघ । नेपाली कांग्रेसले द्वन्द्वकालमा जफत सम्पत्ति फिर्ता गर्न माग गर्दै लुम्बिनी प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाली कांग्रेसको समुदायमा कांग्रेस अभियानमा खटिएको टोलीले आज बिहान लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई १४ बुँदे ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा द्वन्द्वकालमा लुटिएका सम्पत्ति अझै फिर्ता नभएको र बैंकबाट लुटिएका सुन बाफत क्षतिपूर्ति पनि प्राप्त नभएकाले तत्काल ती समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा। डिला संग्रौलाले मुख्यमन्त्री चौधरीलाई ज्ञापन पत्र बुझाउँदै समुदायमा कांग्रेस अभियानको क्रममा जनताबाट प्राप्त सुझाव र गुनासाहरु ज्ञापन पत्रमा समावेश गरिएको भन्दै तिनलाई सम्बोधन गर्न माग गरिन् ।

मुख्यमन्त्री चौधरीले प्रदेश तहबाट गरिने सम्बोधनलाई प्राथमिकतामा राख्ने र संघीय सरकारबाट गर्नुपर्ने निर्णयका लागि केन्द्रमा सिफारिस गर्ने बताए ।

ज्ञापन पत्र बुझाउन संग्रौलाको नेतृत्वमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठ, महामन्त्री विक्रम खनाल, सहमहामन्त्री विष्णु खनाल र सहमहामन्त्री निमा गिरी गएका थिए ।

ज्ञापन पत्रमा बाटोघाटो, सिंचाइ, खानेपानी, रोजगारी, गुणस्तरीय शिक्षा तथा सुशासनको व्यवस्था गर्न समेत माग गरिएको छ ।

पूर्वी रुकुममा भरपर्दो इन्टरनेटको व्यवस्था, रोजगारमुलक तालिम र अर्घाखाँचीको चिस्यान केन्द्रमा राखिएको झण्डै १ करोड रुपैयाँ बराबरको सुन्तला कुहिएकाले मर्कामा परेका किसानहरुलाई क्षतिपूर्तिको व्यवस्था लगायतका माग पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group