ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बेस इफेक्ट’ ले घटेको महँगी मंसिरभन्दा बढ्यो पुसमा


एबीसी न्यूज
२३ माघ २०८०, मंगलबार   ३ : २३   बजे

काठमाडैं, २३ माघ । लगातारको उच्च मूल्यवृद्धि मंसिरमा आएर सुधार देखिए पनि पुसमा बढेको छ । वार्षिक बिन्दुगत आधारमा लगातार ७ प्रतिशतभन्दा माथिको मूल्यवृद्धि झेल्दै आएको सर्वसाधारणलाई मंसिरमा घटेको मूल्यवृद्धि दरले केही राहत महसुस भए पनि पुसमा पुनः बढेको छ ।

यद्यपि, राष्ट्र बैंकले मौद्रिक नीतिमा लिएको लक्ष्यभन्दा मुद्रास्फीति कम नै रहेको जनाएको छ ।
असोजमा ७।५ प्रतिशत रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति कात्तिकमा घटेर ५।३८ प्रतिशत र मंसिरमा थप घटेर ४।९५ प्रतिशतमा आएको थियो ।

तर, पुसमा पुनः बढेर वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५।२६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष देखिएको उच्च मुद्रास्फीतिको ‘बेस इफेक्ट’ ले असोजको तुलनामा कात्तिकमा महँगी घटेको थियो ।

गत आर्थिक वर्ष २०७९र८० पुसमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७।२६ प्रतिशत थियो । गैरखाद्य तथा सेवा क्षेत्रभन्दा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति उच्च रहेको राष्ट्र बैंकले जनाएको छ ।

पुसमा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ५।७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४।८५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०८० पुसमा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क घटेको राष्ट्र बैंकले जनाएको छ ।

मरमसला र चिनी तथा चिनीजन्य वस्तु उपसमूहको सूचकाङ्‍कमा समेत क्रमशः कमी आइरहेको अवस्था जनाएको छ । वार्षिक बिन्दुगत आधारमा २०८० पुस महिनामा आयात मूल्य सूचकाङ्‍क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्‍कको वृद्धि दरमा समेत कमी आएको छ ।

फलस्वरूप समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रूपमा कम दबाब पर्न गएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क क्रमशः १३।०७ प्रतिशत, १।०४ प्रतिशत र ०।०६ प्रतिशतले घटेको छ ।

मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क ३५।६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थ ११।३८ प्रतिशत, दाल तथा गेडागुडी ११।१४ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डा १०।२९ प्रतिशत र फलफूलको १०।१५ प्रतिशतले बढेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क १।६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्‍क १२।८४, विविध वस्तु तथा सेवा ९।७३, शिक्षा ८।९२, फर्निसिङ तथा घरायसी उपकरण ५।१८ र कपडाजन्य तथा जुत्ता चप्पलको ४।९६ प्रतिशतले बढेको छ ।

२०८० पुस महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५।७६ प्रतिशत, तराई ४।७८, पहाड ५।४० र हिमालको ६।५७ प्रतिशत छ ।

गत आव सोही अवधिमा उक्त क्षेत्रको यस्तो मुद्रास्फीति क्रमशः ६।९३, ७।४९, ७।३० र ६।६९ प्रतिशत थियो ।

२०८० पुसमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३।३६ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ९।८२ प्रतिशत थियो ।

पुसमा उपभोग्य वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६।१६ प्रतिशत, मध्यवर्ती वस्तु १।९९ र पुँजीगत वस्तुको २।७१ प्रतिशत छ ।

पुसमा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १।०८ प्रतिशतले घटेको छ ।

तलबभन्दा ज्याला दर बढ्यो

२०८० पुसमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्‍क ५।५६ प्रतिशतले बढेको छ । गत आव पुसमा १०।२७ प्रतिशतले बढेको तलब तथा ज्यालादर सूचकाङ्‍क चालु आवमा भने वृद्धिदर घटेको छ ।

पुसमा तलब सूचकाङ्‍क १।०५ प्रतिशतले मात्रै बढ्दा ज्यालादर सूचकाङ्‍क ६।९२ प्रतिशतले बढेको राष्ट्र बैैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group