ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर कोइराला- लघुवित्त संस्था चाहिन्छ


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   १ : २३   बजे

काठमार्डौ, २४ माघ । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । लघुवित्त ६० लाख महिलासँग जोडिएको भन्दै यो देशका लागि आवश्यक भएको कोइरालाले बताए ।

‘कल्पना गरौँ आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे, कसरी बस्थे रु’ आठ वटा वित्तीय संस्थाले मंगलबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै डा। कोइरालाले भने, ‘लघुवित्त यो देशमा चाहिन्छ भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ ।’

 

बैंकमा पहुँच नपुगेका गरिब तथा विपन्नको पहुँच लघुवित्तमा रहेको बताउँदै उनले कमीकमजोरी भए सुधार गरेर अघि बढ्नुपर्ने बताए । यसका सेवालाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ । ‘गरिब भन्दा गरिब व्यक्तिले यसमा पहुँच पाउँछन्,’ उनले भने, ‘त्यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ ।’

उनले उद्यमशीलता विकासका लागि लघुवित्तले विनाधितो प्रवाह गर्ने ऋणलाई बढाउनुपर्ने पनि बताए । ‘धितो नलिएर पनि ऋण लगानी गरिरहनु भएको रहेछ, त्यसको मेकानिजम तपाईंहरूले नै बनाएर गर्ने हो,’ उनले भने, ‘ऋणसँगै सीप लघुवित्तले पनि दिनुभएको रहेछ, सीपलाई आजको दिनमा कस्तो चाहिन्छ त्यो कुरालाई ध्यान दिनुहोला ।’ उनले उद्यमशीलता विकाससँगै बजारको व्यवस्थापनमा पनि सहजीकरण गरिदिन आग्रह गरे ।

कार्यक्रममा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले विपन्न नागरिकको घरसम्म पुगेर काम गरिरहेको लघुवित्तलाई एउटा समूहले गलत सावित गर्न खोजिरहेको बताए । लघुवित्तले उद्यमशीलताको विकाससँगै प्रसस्त रोजगारीको अवसर पनि सृजना गरिरहेको बताउँदै उनले लघुवित्तको संरक्षण गर्नुपर्ने बताए । सानोसानो पुँजीले उद्यमशीलता विकास हुने उनको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतको बजेट अहिले प्रभावकारी नभएको बताउँदै उनले लघुवित्त मार्फत गाउँसम्म पुर्याउन सके प्रभावकारी हुने बताए ।

कोशी प्रदेश सांसद गयानन्द मण्डलले लघुवित्तलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले लघुवित्त संस्थालाई कम व्याजदरमा ऋण दिएर ग्राहक सदस्यलाई कम व्याजमा लगानी गर्ने बनाउनुपर्ने बताए । लघुवित्त संस्थाले कृषि क्षेत्रमा लगानीमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा प्रदेश सांसद ललिताकुमारी चौधरीले लघुवित्तले ग्रामीण क्षेत्रमा महिला सशक्तीकरणसँगै स्वरोजगार पनि बनाएको बताइन् । लघुवित्तको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ छ ।

अर्थशास्त्री डा। भेषप्रसाद धमलाले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै महिला सशक्तीकरण पनि गरेको बताए । लघुवित्तले प्रवाह गरेको सानो–सानो ऋणको सदुपयोग गर्नेहरूले आर्थिक प्रगति गरेको उनले बताए ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बजारमा फैलिएको ऋण मिनाहाको हल्लाले लघुवित्त संस्थाहरू प्रभावित भएको बताए । राज्यले ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने बताउँदै उनले भने, ‘सरकार अहिले ऋण मिनाहा गर्न सक्ने अवस्थामा छैन सबैलाई थाहा छ, सरकारले गठन गरेको वार्ता समितिको निष्कर्ष पनि सार्वजनिक गरिदिनुपर्छ ।

लघुवित्त नहुँदा गरिब नागरिकलाई काम गर्न गाह्रो हुने उनले बताए । ‘ऋण भनेको जनताको पैसा हो, जनताको पैसा तिर्दैन भन्नु वित्तीय अपराध हो,’ उनले भने, ‘ऋण नतिर्न उकास्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनु पर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group