ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापा -सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाही गर्नुपर्छ


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   १ : ४६   बजे

काठमार्डौ, २४ माघ ।  नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्। नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैनरु दण्ड पाउनु पर्दैनरु जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्। हातमा तागत, कलम होस्। नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा कीर्ते गरे पनि माफी हुन्छ, चल्छरु,’ महामन्त्री थापाले प्रश्न गरे।

ठगीको धन्दा चलाउनेलाई पनि कारबाही गरिनुपर्ने थापाले बताए।

‘आम नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ र ठगीको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैनरु कानुनले कारबाही गर्नु पर्दैनरु,’ थापाले प्रश्न गरे, ‘त्यसैले सुशासनका लागि आजको दिनको मन्त्र भनेको( कानुन र विधिको शासन हो। चाहे जग्गा मिच्ने, हडप्ने होस्, चाहे नागरिकता कीर्ते वा सहकारीमा ठग्ने होस्, यताको होस् उताको होस्। जुनसुकै दलको होस्। दलभन्दा बाहिरको होस्। शक्तिशाली होस् कसैले उन्मुक्ति पाउनु हुन्न।’

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएको आरोपमा व्यापारी अरूणकुमार चौधरीसहितलाई प्रहरीले पक्राउ गरेको थियो। आफ्ना भाइलाई पक्राउ गरेको भन्दै कांग्रेसकै सांसद विनोद चौधरीले पार्टी संसदीय दल बैठकमा ुराज्यले आतंक मच्चाएको र प्रतिशोध साँधेकोु बताएका थिए।

यस्तै पोखराको सूर्यदर्शन सहकारी ठगीमा पीडितहरूले प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरूद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने, दिपेश पुन, पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन र १५ कम्पनीविरूद्ध जाहेरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनबहादुर थापाले बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group