ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रभु साह-जसको जति बढी पहुँच छ, त्यही अनुसारको भ्रष्टाचार र लुट चलिरहेको छ


एबीसी न्यूज
२४ माघ २०८०, बुधबार   २ : ५२   बजे

काठमार्डौ, २४ माघ । आम जनता पार्टी आजपा का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ । आर्थिक अवस्था भयावह छ । देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ ।’

मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको बताए । ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने ।

सम्पत्ति लुट्नेहरुले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको देखाएको भन्दै उनले धेरै रेमिट्यान्स आउँदैमा खुशी हुनु नपर्ने बताए ।

‘म सोध्न चाहन्छ– ६ वर्ष अगाडि कति युवा विदेश गएका थिए रु अहिले कति विदेश गए रु अहिले कति युवाहरु विदेशमा काम गरिरहेका छन् रु कति युवाले कति कमाउँछन र तिनबाट कति पैसा आउनुपर्ने हो रु जनतालाई बुझाउन जरुरी छ’, सांसद साहले भने ।

जिम्मेवारीमा रहेकाहरुबाटै भ्रष्टाचार हुने गरेको उनको भनाइ छ । ‘ठूलो ओहोदाहरु रहेकाहरुले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पीआर र ग्रिन कार्ड लिएर बाहिर जाने रु पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने रु’ उनले सोधे ।

बैंकले मनोमानी ब्याज लिने गरेको उल्लेख गर्दै सांसद साहले लघुवित्तको विषयमा पनि प्रश्न उठाए । ‘१० करोडबाट सुरु गरेको लघु वित्त पाँच वर्षमा खर्बौंमा पुग्छ । यो कसरी हुन्छ रु’ उनको प्रश्न थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group