ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परीक्षण उडानमै सीमित मनाङको हुम्डे विमानस्थल


एबीसी न्यूज
१ फाल्गुन २०८०, मंगलबार   ४ : १०   बजे
काठमाडौं १ फागुन ।   सरकारले नयाँ विमानस्थल निर्माण गर्ने योजना बनाइरहेको छ । तर, नेपालमा बनेका कतिपय विमानस्थल सञ्चालनमा आउनै सकेका छैनन् । त्यसतर्फ भने सरकारको चासो पुग्न सकेको छैन । केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानमै सीमित बनेका छन् ।
विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन् । अहिले ती विमानस्थल गौचरणमा परिणत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौँको लगानी खेर गएको छ । कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहँुदा सरकारको करोडौँ लगानी डुबेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम रु ४५ करोड, पहाडमा रु ३५ करोड र तराईमा रु ५० करोड खर्च गरिएको छ । विमानस्थलमा कति खर्च हुन्छ भन्ने यकिन छैन । क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । प्राधिकरणले २०६९ मा रु नौ करोड खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्र गरेको थियो । तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ ।
कालोपत्र गरेको केही दिनमै परीक्षण उडान भए पनि हालसम्म नियमित उडान भने हुनसकेको छैन । नेपालमा बनेकामध्ये हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थल पनि एक हो । परीक्षण उडानपछि यस विमानस्थल अहिले पूर्ण रुपमा बन्द छ । छ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्र गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ ।
बरु कालोपत्र हुनुअघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । केही वर्ष मात्रै सञ्चालन भएको यस विमानस्थल विसं २०७० बाट पूर्ण रुपमा बन्द भयो । गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरे तापनि नियमित उडान सुरु हुनसकेको छैन । तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजदेखि उडान सुरु गरिएको थियो । सन् १९८१ देखि सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल अहिले प्रयोगविहीन हुँदा स्थानीय तथा पर्यटक मर्कामा परेका छन् ।
मनाङ बढी पर्यटकको आवतजावत हुने स्थान भएकाले यहाँको विमानस्थल निरन्तर उडान भर्ने उद्देश्यले विसं २०७६ भदौ २७ देखि पुनः सञ्चालनमा ल्याइयो । गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्रीले यस विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन जमर्को गरे पनि निरन्तरता भने पाउन सकेन । यहाँको विमानस्थल सञ्चालन हुन नसक्दा स्थानीयवासीका साथै पर्यटकले सास्ती भोग्नुपरेको छ ।
मनाङ उच्च स्थानमा रहेकाले अक्सिजनको कमीले हुनसक्ने लेक लाग्ने बिरामी तथा पर्यटकलाई भने समस्या हुने गरेको छ । अचानक बिरामी वा दुर्घटना भएमा यातायातको समस्या रहेको यस स्थानमा हवाई मार्ग मात्रै वैकल्पिक तथा उपचारको पहुँचमा पुग्ने आधार हो । तर, लामो समयदेखि यहाँ निर्माण भएको विमानस्थल चल्न नसक्दा भने समस्या रहेको छ ।
एक त हिमाली क्षेत्र भएकाले यहाँको हावापानीमा परिवर्तन आइरहने हुन्छ भने निर्माण भएको विमानस्थल नचल्दा स्वास्थ्यको पहुँचमा पुग्न सकस हुने गरेको स्थानीयवासी बताउँछन् । यहाँ गम्भीर चोटपटक वा रोग लागेर अचानक अस्पतालसम्म पुग्नुपर्ने अवस्थामा भने हेलिकोप्टर मगाउनुपर्ने अवस्था रहेको होटल व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो पनि धनी मानिसका लागि त सही होला । तर, विपन्न वर्गका लागि भने उपचारको पहुँचमा पुग्न सक्ने अवस्था नै छैन । स्थलमार्गबाट जान घण्टाँैं लाग्छ । यसले गर्दा बाटोमा नै समस्या रहेको छ । तर, बनेको विमानस्थल नचल्दा भने दुःख लाग्छ । यसलाई सरकारले दैनिक निरन्तरता दिन नसके पनि हप्तामा एक वा दुईपटक चलाउने कोसिस गर्नुपर्छ ।”
कम उडान हुने गरी सञ्चालनमा ल्याउन सके पनि यहाँका स्थानीयवासीलाई सहज हुने उहाँको भनाइ छ । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती थुप्रै छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ । प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेको प्राधिकरणले बताउँदै आएको छ ।
मनाङ जिल्लाको एकमात्र हुम्डे विमानस्थल परीक्षण उडानपछि पुनःसञ्चालन हुन सकेको छैन । विमानस्थल निर्माण भएको सात वर्षपछि समिट एयरलाइन्सले विसं २०७६ भदौ २७ गते परीक्षण उडान गरेको थियो । सफल उडान भएपछि खुसी भएका मनाङवासी निरन्तर उडान नहुँदा निरास भएका छन् । विमानस्थलमा निरन्तर उडान भर्नसक्ने हो भने मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको सहज यात्रा र पर्यटक वृद्धि हुने पर्यटन व्यवसायी गुरुङको भनाइ छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयले मुख्य याममा हप्ताको दुई पटक उडान भर्ने बताएको थियो । यो पनि सफल हुन सकेन । मनाङका पर्यटन व्यवसायी भने आशै आशमा निरास बन्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

विश्वकप फुटबलमा भोलि बिहान समूह चरणका अन्तिम खेल हुँदै

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu