ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारले पत्रपत्रिकालाई सुचनासम्म दिन सकेन – मन्त्री श्रेष्ठ


एबीसी न्यूज
२ फाल्गुन २०८०, बुधबार   ८ : १६   बजे

हेटौँडा, २ फागुन ।बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सार्वजनिक खरिद ऐन संघीयता बिरोधी रहेको बताएका छन् । बुधबार हेटौंडामा आयोजित ‘पत्रपत्रिका सञ्चालनमा देखिएका समस्या र समाधानका उपायहरू’ विषयक अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले सार्वजनिक खरिद ऐन संघीयता बिरोधी रहेको बताएका हुन् । उनले नियमावली समेत संघीयता बिरोधी भएको बताए । उनले सार्बजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँभन्दा बढीका योजनाको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गर्नुपर्ने हालको बाध्यात्मक व्यवस्थाकोे कारण स्थानीय पत्रिकाहरुलाई सूचना दिएर सहयोग गर्न नसकेको बताए । उनले छापाखाना तथा प्रकाशन ऐन २०४८ संशोधन नहुँदा प्रदेशमा पत्रपत्रिका हस्तान्तरण नभएको कारण पनि पत्रपत्रिकालाई प्रदेशले सहयोग गर्न अप्ठ्यारो परेको बताए । उनले प्रदेशमा पत्रपत्रिका हस्तान्तरण हुने बित्तिकै काम गर्न सक्ने गरी बागमती प्रदेशमा कानुन निर्माण भने गरिसकेको बताए । मन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नचिन्ने ऐन संशोधनका लागि संघ सरकारको ध्यानाकर्षण गराएको पनि बताए ।

मन्त्री श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ तीन पटक र नियमावली चौथो पटक संशोधन भैसकेको प्रसङ्ग उल्लेख गर्दै पत्रपत्रिका र आम सञ्चार माध्यमको विकास गर्न आवश्यकता अनुसार संशोधन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे । उनले प्रबिधिको विकास द्रुत गतिमा भइरहेको भन्दै पत्रपत्रिकालाई बचाउन विद्यमान तौरतरिकामा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले पत्रपत्रिका केवल समाचार र विचारको साधन मात्रै नभएर समाजको अभिलेख र इतिहास भएको बताए ।

आमसञ्चारका माध्यमले उत्पादन र वितरण गरेका सूचना र ज्ञानका आधारमा नागरिकले विचार निर्माण गर्ने उनको भनाई छ । उनले आमसञ्चारको माध्यमलाई ज्ञानमा आधारित उद्योगको रूपमा विकास गर्न बागमती प्रदेश प्रतिबद्ध रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीमा फेरि लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन आग्रह

विश्वका घातक हिमनदीजन्य विपद् : नेपाल–तिब्बतको बाढी पनि विनाशकारी सूचीमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu