ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेदरल्याण्ड्समाथि नेपालको शानदार जित


एबीसी न्यूज
५ फाल्गुन २०८०, शनिबार   २ : ०१   बजे

काठमाडौं, ५ फागुन। आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेदरल्याण्ड्माथि नेपालले शानदार जित निकालेको छ । शनिबार कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको हो ।

आसिफ शेख र अनिल साहले शानदार अर्धशतक प्रहार गरेपछि नेपालको जित सम्भव भएको हो । १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले मात्र १५ दशमलव २ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।

अनिलले ५७ र आसिफले ५४ नटआउट रन बनाए । ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रनको आक्रमक पाली खेल्दै आउट भए । डच टिमका विलियन किंग्माले एक विकेट हात पारे ।

यसअघि, बलिङमा कुशल भुर्तेल चम्किएपछि नेदरल्याण्ड्स १ सय ३७ रनमा अलआउट भएको थियो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेदरल्याण्ड्स ३९ ओभरमा आलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ललित राजवंशीले समेत राम्रो प्रर्दशन गरे । उनले १० ओभरमा ३२ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले नेपाललाई खेलमा पहिलो विकेट दिलाउँदा कप्तान रोहित पौडेलले समेत एक विकेट झारेका थिए ।

नेदरल्याण्ड्सको इनिङ्समा कप्तान स्कट एडवर्डसले सर्वाधिक ३३ रन बनाए । उनलाई भुर्तेलले बोल्ड गरेका थिए । बास डी लिडे २७ र साइब्रान्ड एनगेलब्रेक्टले २३ रनको योगदान दिए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालले पहिलो खेल नामिबियासँग गुमाएको थियो । नेदरल्याण्ड्सलाई हराउँदै नेपालले लिग टूको तालिकामा २ अंकको खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group