ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमिक आन्दोलनमा गिरिजाबाबुको महत्वपुर्ण योगदान ः पूर्वराष्ट्रपति यादव


admin
७ श्रावण २०७४, शनिबार   ३ : ५२   बजे

काठमाडौँ, ७ साउन । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्व राष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएको बताउनुभयो ।

“गिरिजाबाबु जनताले सहजरुपमा स्वास्थ्य सुविधा पाओस् भन्ने व्यक्ति हुनुहुन्थ्यो,”–डा यादवले भन्नुभयो । उहाँले मुलुकको परिवर्तनमा श्रमिक आन्दोलनको ठूलो भूमिका रहेको बताउँदै श्रमिक आन्दोलनमा कोइरालाको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

डा यादवले भन्नुभयो,–“विस २००३ मा लोकतान्त्रिक आन्दोलनमा सहयोग पु¥याउनका लागि कोइरालाले विराटनगर जुट मिलमा श्रमिकको नेतृत्व गर्नुभएको थियो ।”

प्रतिष्ठानका अध्यक्ष एवम् सांसद पुस्कर आचार्यले मजदुर आन्दोलनका कारण देशमा परिवर्तन भएको भन्दै मजदुरको समस्यालाई राज्यले बेवास्था गर्न नहुने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले देश विकासका लागि उद्योग धन्दा आवश्यक र उद्योग सञ्चालनका लागि मजदुरको आवश्यकता रहेकाले मजदुरलाई स्वस्थ्य राख्न स्वास्थ्य शिविर आवश्यक रहेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, नेपाल चिकित्सक सङ्घका अध्यक्ष मुक्तिराम श्रेष्ठ, नेपालका लागि भारतीय दूतावासका कन्सुलर पिडिए छिरीङलगायतले मजदुरलाई स्वास्थ्य उपचारको कुरा महत्वपूर्ण भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शिशिरकुमार झाले मजदुरको हक र हितका लागि गिरिजाबाबुको ठूलो योगदान रहेको भन्दै उहाँको निधन हुनुअघि नै उहाँको नाममा प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Rochdale Grooming Gang Retrial Underway in Manchester

Israeli Lawmaker Destroys Palestinian Memorial Under Military Escort

India Police Clash With Protesters in Bihar Amid Ongoing Job and Education Demands

Kurdish-Led Forces in Syria Officially Dissolve After Merger with National Army

Syria’s Economy Set for Recovery Following US Sanctions Lift

Syria Removed From US ‘State Sponsors of Terrorism’ List, Signaling Shift in Relations

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu