ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाको कार्यतालिका सत्ता गठबन्धन फेरिएसँगै प्रभावित


एबीसी न्यूज
२१ फाल्गुन २०८०, सोमबार   १ : ५९   बजे

काठमाडौं २१ फागुन । सत्तागठबन्धन फेरिएसँगै प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ ।  सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सभामुख देवराज घिमिरेले फागुन २४ गतेसम्मका लागि स्थगित गरेका छन् । योसँगै प्रतिनिधि सभाको कार्यतालिका प्रभावित भएको छ ।

प्रतिनिधि सभाको कार्यतालिका अनुसार सोमबार प्रिबजेट छलफल हुनुपर्ने थियो । बैठक स्थगित भएसँगै यो कार्यतालिका प्रभावित भएको हो ।

यही फागुन १४ गते तत्कालीन अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटको सिद्धान्त र प्राथमिकता संघीय संसदमा प्रस्तुत गरेका थिए ।

सोमबार प्रिबजेट छलफलको अलावा राजनीतिक दलसम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका थियो ।

मंगलबार शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिने, निर्माणमुखि सामग्री विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि बजेट छलफल निरन्तर चलाउने कार्यतालिका थियो ।

बुधबार राष्ट्रिय सभाबाट आएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव, भन्सार विधेयक र विद्युतीय व्यापार विधेयकलाई संसदीय समितिमा दफावार छलफलमा पठाउने र प्रिबजेट छलफल निरन्तर चलाउन कार्यतालिका थियो ।

प्रतिनिधि सभाको बैठक स्थगित भएसँगै प्रतिनिधि सभाको यी कार्यतालिकाहरु प्रभावित भएका हुन् ।

संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सूचना निकालेर अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group