ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई करोड लगानीमा सामुदायिक पुस्तकालय


एबीसी न्यूज
२८ फाल्गुन २०८०, सोमबार   १ : १४   बजे

काठमाडौं २८ फागुन । धनकुटाको छथर जोरपाटीमा सामुदायिक बहुउद्देश्यीय पुस्तकालय निर्माण हुने भएको छ । छथर जोरपाटी ६ सिधुवा बजारमा एस।भी।ए। नेपाल रिड नेपाल र छथर जोरपाटीको लगानीमा दुई करोड १२ लाख २९ हजार रुपियाँमा तीन तले सिधुवा छथरजोरपाटी सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्र बन्न लागेको हो ।

जसमा एस।भी।ए। नेपाल रिड नेपालको एक करोड ६२ लाख र छथर जोरपाटी गाउँपालिकाको ५० लाख २९ हजार लगानी रहने छ । सामुदायिक पुस्तकालय तथा तथा स्रोत केन्द्रमार्फत समुदायमा आधारित व्यावसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई तरकारी प्रशोधन, होमस्टे सहित विभिन्न सीपमूलक कार्यक्रम तालिम सञ्चालन गर्ने निर्माण समितिका अध्यक्ष अर्जुन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षमा तीन सय युवालाई स्वरोजगार बनाउने उद्देश्य छ । तीन वर्षसम्म पुस्तकालय सञ्चालन गर्न रिड नेपालले सहयोग गर्ने र तीन वर्षपछि अपाङ्गमैत्री हुने सो पुस्तकालयमा श्रव्यदृष्य कक्ष, महिला, बालबालिका तथा युवा कक्ष रहने छ ।

कक्ष अनुसारका फरक(फरक सामग्री समेत रहनेछन् । त्यस्तै महिला र पुरुष गरी दुई फरक(फरक सभाहल रहने जनाइएको छ । पुस्तकालय दिगोरुपमा सञ्चालन गर्न पाँच सटर समेत निर्माण गरिने घिमिरेले बताउनुभयो । गत चैत्रमा निर्माण सुरु भएको यो भवनको ९० प्रतिशत काम सम्पन्न भएको छ । अब केही महिना भित्रै निर्माण सम्पन्न भएर पुस्तकालय सञ्चालनमा आउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

अरनिको राजमार्ग राति बन्द गरिने

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu