ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालबीच भेटवार्ता


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   १ : ५४   बजे

काठमाडौं ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीलाई भेट्न उपाध्यक्ष अर्याल बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन् ।

भेटमा राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र उपाध्यक्षको राजीनामाको विषयमा कुराकानी भएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरणमा राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष फरक(फरक दलबाट बनाउने सहमति भएको बताएका छन् । त्यसअनुसार माओवादी केन्द्रका तर्फबाट तय भएका उम्मेदवार नारायणप्रसाद दाहाल अध्यक्षमा निर्वाचित भइसकेका छन् । हाल माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्ष रहेकी अर्यालले राजीनामा दिनेछिन् ।

उपाध्यक्ष अरु दललाई दिने तयारी छ । तर, कुन दललाई दिने भन्ने निर्णय सार्वजनिक भइसकेको छैन ।

सुरुमा एमाले र माओवादीबीच राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो । तर, सत्ता गठबन्धनमा एकीकृत समाजवादी समेत सामेल भएपछि गरिएको नयाँ सहमतिमा राष्ट्रिय सभाको उपाध्यक्षको विषय उल्लेख छैन ।

नेताहरुका अनुसार एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा दाबी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गरिएको निवेदनमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

भोटेकोसी बाढीले रसुवामा ४० किलोमिटर सडक क्षतिग्रस्त, ४१ पुल भत्किए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu