ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको प्रश्न योभन्दा अनैतिकता के हुन्छ ?


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   ३ : ०९   बजे

काठमाडौं ३० फागुन । सत्तारुढ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पाण्डेले अहिले आफ्नो अवस्था अस्पताल उद्घाटन गरेको स्वास्थ्यमन्त्रीको जस्तो भएको बताए । ‘सफल होस् भनौं भने पनि सबै मान्छे विरामी होउन् भनेको हो । उद्घाटनकै दिन सफल होस् भनौं भने के भनौं,’ उनले भने, ‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन नै मैले यसो भन्नुपर्छ भने भविश्यमा के सोच्ने हो ।’

उनले नयाँ गठबन्धन गर्दा एकीकृत समाजवादीलाई छाड्नु अनैतिक भएको समेत बताए । संविधानको रक्षाका लागि आफूले बनाएको पार्टीमा विद्रोह गरेर प्रचण्डलाई साथ दिएको भन्दै उनले भने, ‘हामीलाई बाटोमा छाडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ रु’

आफ्नो दललाई गरेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले चेतावनीको भाषामा भने, ‘एकचोटी प्रधानमन्त्रीजीले सोच्नुस्, अघि कुरा आएको जस्तो ओलीजी र शेरबहादुरजीको घाँटी जोडियो भने तपाईंको हालत के हुन्छ

प्रधानमन्त्रीलाई मानिसहरुले कति छिटो रंग फेर्न सकेको भनेर टिप्पणी गरेको समेत उनले सुनाए । ‘१७ हजार २ भनेर छातिमा प्ले कार्ड बोकेर हिँड्ने मान्छे पनि यही छौं । पाँच हजारको जिम्मा लिन्छु भन्ने पनि यही छौं’ उनले भने, ‘यो सबै गठजोड कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।’

उनले बजेट निर्माणमा सांसदहरुको भूमिका नभए भोट नहाल्ने चेतावनी समेत दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group